ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई


एबीसी न्यूज

काठमाडौँ, १३ जेठ । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ ।

पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गर्नुभएको हो । रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । बुधबारका पूर्वसम्पादकसमेत रहनुभएका थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा थापाले कृष्णसेन ‘इच्छुक’ पढेको प्यूठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयलाई पुरस्कारबाट प्राप्त गरेको रकममध्ये १० हजार र आफ्नो व्यक्तिगत १५ हजार रुपैयाँ गरी रु २५ हजारको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभयो । उक्त कोषबाट वर्षेनी गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले जानकारी गराउनुभयो ।

विसं २०६३ बाट हरेक वर्ष कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइरहेको छ । विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिनुभएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहनुभएको थियो ।

यस्तैगरी सोही अवसरमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । दुवै पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रदान गरिएको हो । सिफारिस समितिका अन्य सदस्यमा सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको छ- राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com