
काठमाडौं,१२ जेठ । काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् । ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।
बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले जानकारी दिए अनुसार विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगिनसकेको बताए । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएको छ ।
प्रतिक्रिया दिनुहोस्