
काठमाडौं, ९ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसभा निर्वाचनमा भारी बहुमतले विजयी भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिनुभएको छ । मतगणना सकिए लगत्तै प्रचण्ड ले सामाजिक सन्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको हो ।
अध्यक्ष प्रचण्डले भन्नुभएको छ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना।
भारतीय लोकसभा निर्वाचनको बिहीबार भइरहेको मतगणनामा मोदी नेतृत्वको बिजेपी गठबन्धनले ३४३ स्थानमा अग्रता लिएको छ। सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।







प्रतिक्रिया दिनुहोस्