ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलम्बुमा १५ किलो चरेशसहित तीन जना पक्राउ


एबीसी न्यूज


काठमाडौं, ८ जेठ । काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो ।

खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक महिला छन् । सालकको खपटासहित पक्राउ गोङ्गबुबाट सालकको खबटासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई सालकको खबटासहित पक्राउ गरेको हो ।

गोङ्गबुको विजी मल अगाडि शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेलापारी खानतलासी गर्दा उनीहरुले बोकेको झोलामा सालकको खपटा फेला पारेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो । मङ्गलबार पक्राउ परेका उनीहरुको साथबाट अन्दाजी तीन किलो खबटा बरामद गरेको र थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित गौतमकुमार विकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमारसहित सात जनालाई गए राति रु एक लाख ४९ हजार नगदसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com