ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाइने– मन्त्री बाँस्कोटा


एबीसी न्यूज


काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसद रामकुमारी झाँक्रीले कुनै सञ्चार उद्योग मोटाउने, कुनै दुब्लाउने प्रवृत्तिलाई अन्त्य गर्न, सञ्चारलाई प्रयोग गरी समाजलाई दिग्भ्रमित बनाउने प्रवृत्तिलाई अन्त्य गर्न विधेयकले सहयोग पु¥याउने बताउनुभयो । सांसद प्रेम सुवालले विदेशी विज्ञापनले समाजलाई भ्रमित पार्नेतर्फ सरकार सचेत बन्नुपर्छ भन्नुभयो । सांसद दिव्यमणि राजभण्डारी र बहादुरसिंह लामाले विज्ञापन नियमन गर्नु राम्रो हो तर विज्ञापनबाट नै सञ्चालन हुने सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नहुने तथा बोर्ड गठनको संरचनालाई फराकिलो बनाउन सुझाव दिनुुभयो ।

सांसद रेखा कुमारीले विज्ञापनलाई नियमन गर्न पहिलो पटक विधेयक आउनु स्वागत योग्य रहेको भन्दै झुटो प्रचारलाई अन्त्य गर्नुपर्छ भन्नुभयो । सांसद शान्ता चौधरीले महिला तथा बालबालिकालाई प्रयोग गरी हुने विज्ञापनलाई नियमन गर्न आवश्यक रहेको विचार राख्नुभयो । छलफलमा उठेका जिज्ञासामा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विज्ञापनको महत्वपूर्ण माध्यम होडिङ बोर्ड राख्न स्थानीय तहबाट अनुमति लिनुपर्ने व्यवस्था विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ मा रहेको जानकारी दिनुभयो । उहाँले विज्ञापनको निषेधित क्षेत्र कहाँ कहाँ हुने विधेयकमा व्यवस्था भएको, प्राकृतिक विपद् अथवा मानवीय सङ्कट आएको बेला निःशुल्क विज्ञापन गर्नुपर्ने प्रावधान रहेको चर्चा गर्दै औषधिजन्य सामग्रीको जथाभावी विज्ञापन गर्न नपाइनेसमेत व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले नियन्त्रण र पक्षपात गर्ने ध्येयले विधेयक नआएको स्पष्ट पार्दै विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले विज्ञापन उत्पादक र उपभोक्तालाई सामग्री प्रसारको आचारसंहितामा बाँध्ने गरी विधेयकमा व्यवस्था भएको जानकारी दिनुभयो । सन्तानले निश्चित रकम आफ्ना अभिभावकलाई छुट्याउनुपर्ने ः मन्त्री थापा त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको राज्यले थप सम्मान तथा दायित्व बढाउन गर्न ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ आएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विधेयकले आफ्ना सन्तानले आफ्ना अभिभावकप्रति थप जिम्मेवारी बढाउन जोड दिएको चर्चा गर्दै निश्चित आम्दानी गर्ने सन्तानले निश्चित रकम आफ्ना अभिभावकलाई छुट्याउनुपर्ने प्रावधान विधेयकमा रहेको छ भन्नुभयो ।

मन्त्री थापाले स्थानीय सरकारले ज्येष्ठ नागरिकका हितका लागि कार्यक्रम ल्याउन सक्ने प्रावधानसमेत विधेयकमा रहेको जानकारी दिनुभयो । बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको सैद्धान्तिक पक्षको छलफलमा उमा रेग्मी, पुष्पा भुसाल, दिव्यमणिराज भण्डारी, घनश्याम खतिवडा, प्रेम सुवाल र मीना पाण्डेले भाग लिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते सोमबार ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com