
काठमाडौं, ८ जेठ । रोकिराखेको टयाक्टरको ट्रलीमा मोटरसाईकिल ठोकिदा प्रहरी जवानको मृत्यु दीपक शर्मा बर्दिया जेष्ठ ८ गते बर्दिया ÷रोकिराखेको टयाक्टरको ट्रलीमा मोटरसाइकिल ठोकिदा बर्दियामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वार्ड न १ खैरापुर ३२ वर्षिय प्रहरी जवान अवधेशकुमार यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए । खैरापुरबाट गुलरिया तर्फ आउदै गर्दा यादवले चलाएको भे ८ प ७८९ नम्वरको मोटरसाइकिल गुलरिया नगरपालिका वार्ड ३ निमकोठियामा रोकिराखेको टयाक्टरको ट्रलीमा गएराति मंगलवार ११ वजे ठोकिएको हो ।
गम्भिर घाइते भएका यादवलाई उपचारका लागी नेपालगञ्ज नर्सिङ्ग होममा लगिएको थियो उपचारकै क्रममा राति मंगलवार सवा १२ वजे मृत्यु भएको हो । काठमान्डौ रानिपोखरी दरवन्दि भै महानगरीय प्रहरी बिट कालिमाटिमा कार्यरत प्रहरी जवान अबधेशकुमार यादव भाईको विवाहका लागी छुटटिमा घर आएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्