ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुमि ब्यवस्था तथा अभिलेख बिभागबाट सरकारलाई असहयोग ! [भिडियो सहित]


sharan sharan

नेपालगञ्ज, ८जेठ ।
जिल्ला मातपोत कार्यालय बांकेमा कार्यालय नै रित्तो हुने गरि कर्मचारी प्रहरी हिरारतमा पुगेपछि सेवाग्रहीको काममा गम्भीर असर परेको छ । कुल ५१ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा १७ जना कर्मचारी मात्र हाजीर भएपछि १ दिनमा सकिने काम महिना दिन लाग्ने गरेको छ ।
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गरेको आरोपमा मालपोतका कर्मचारीहरुलाई गत चैत्र पहिलो साता प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय बांकेले अनुसन्धानको लागी भन्दै एकैपटक झण्डै एक दर्जन विभिन्न पदमा कार्यरत कर्मचारीलाई पक्राउ गरेपछि नियमित कामकाजमा समस्या उत्पन्न भएको छ । सेवाग्राहीको घुंइचो लाग्ने मालपोतमा दुई महिना हुनलाग्दासमेत भुमि ब्यवस्था तथा अभिलेख बिभागले कर्मचारी नखटाईदिंदा जनताले दुःख पाउने गरेका छन् । जग्गा फुकुवा गराउन मालपोत कार्यालय पुगेका बांके खजुरा गाउँपालिकाका धनप्रसाद ढकालले निकै ढिलो हुनेगरी काम हुने गरेको बताए । एउटा कर्मचारी अभाव अनी भएका कर्मचारीहरुले पनी सिस्टममा काम नगर्दा सेवाग्राहीहरुले सास्ती पाइरहेको उनको भनाई रहेको छ ।
५ जना मालपोत अधिकृतको दरबन्दीमा कार्यालयमा २ जना कार्यरत थिए, तर ती २ जना पनि सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता अभियोगमा निलम्बनमा परेपछि फरार छन् । त्यस्तै १३ जना नायव सुब्बामा ६ जना बहाल रहेकोमा १ जना निलम्बन र ४ जना हिरासतमा पुगेपछि १ जनाबाट काम भईरहेको छ । १५ जना खरिदारको दरबन्दी रहेको मालपोत बांकेमा ९ जना बहाल रहेकोमा ३ जना निलम्बन र १ जना हिरासतमा पुग्दा ५ जनाबाट सेवा दिने गरिएको छ । २ जना कम्प्युटर अपरेटरमा १ जना हिरासतमा पुगेपछि १ जना मात्र बहाल रहेका छन् ।

कर्मचारी अभाव देखाउंदै मालपोत कार्यालयमा महिना दिनसम्म पनि काम नहुने गरेको सेवाग्राहीहरु गुनासो गर्छन् । कर्मचारीले आज काम गर्न सकिंदैन भोलि फेरि आउनु होला भनेर फर्काउने गरेकोे गुनासो उनीहरुको छ । बैजनाथ गाउंपालिका ७ का वडा सदस्य गोपाल थारुले कर्मचारी अभावले सेवाग्राहीको काममा प्रभाव परेको बताए ।

भूमि व्यवस्था महाशाखासंग पटक पटक कर्मचारी माग गरे पनि अहिलेसम्म कर्मचारी परिपूर्ती हुन नसकेको कार्यालय प्रमुख प्रेमबहादुर दौल्याल गुनासो गर्छन् ।
अहिले भएका कर्मचारीबाट नै सेवाग्राहीलाई कार्यालयले सेवा दिईरहेको छ ।
जनताको काम छिटो छरिटो गर्ने र कुनै पनि बहानामा सेवा अवरुद्ध नहुने सरकारको प्रतिबद्धतालाई सरकार अन्तर्गतकै बिभागले अटेर गरेको उदाहरण हो मालपोत बांकेको समस्या । भुमि ब्यवस्था तथा अभिलेख बिभागले सरकारको लक्षमा असहयोग गरेको हो भने जनताको सेवा प्रभावित हुने गरि महिनौ कर्मचारी नपठाउने बिभागका अधिकारीहरुमाथि अनुसन्धान गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com