ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्को बिरोध भएपछि हेल्मेट अनिवार्यबाट प्रहरी पछि हट्यो


एबीसी न्यूज


काठमाडौं, ६ जेठ । चर्को बिरोध भएपछि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयमा प्रहरी पछि हटेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो ।

स्रोतका अनुसार नागरिकको बिरोधबीच यस्तो काम उपयुक्त नहुने भन्दै खनालले निर्णयबाट पछि हटन दिर्नेशन दिनुभएको थियो । नागरिकको तर्फबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै चर्को बिरोध भएपछि महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ ।

ट्राफिक महाशाखाले ट्वीटरमा आज एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो । यसअघि महाशाखाले हिजो (आइतबार) पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो । ट्राफिकको सो भनाई सार्वजनिक भएसँगै ट्राफिक प्रहरीको चर्को आलोचना भयो । नागरिकको अलोचनापछि ट्राफिकले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत दुई हेलमेट नियम तत्काल लागु नहुने स्पष्ट पारेको छ ।

सवारी ऐन २०४९ मा मोटरसाइकल तथा दुई पांग्रे सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने प्रावधान उल्लेख रहेको भन्दै निर्णयको बचाउ गर्न खोजे पनि लागू नगर्ने महाशाखाले जनाएको हो । ‘यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने छ,’ महानगरीय ट्राफिक महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com