नेपाली संगितमा जापानी नागरिकको आकर्षण बढ्दै (फोटो फिचर)



इन्दिरा खनाल, टोकियो, जापान । मे २०, नेपाली समुदायको बाहुल्यता रहेको जापानको राजधानी टोक्योमा प्रत्येक हाप्ताजसो कार्यक्रम हुने गर्छन । कहिले अन्तर्क्रियात्मक त कहिले सांस्कृतीक कार्यक्रम । त्यस्तै आईतबार सांझ सांङगितिक सांझको आयोजना भयो । नेपालीले आयोजना गर्ने सांगितिक कार्यक्रममा नेपालको संस्कृती, परम्परा, रितिरिवाज र राजनितिक अवस्थाको बारेमा केन्द्रित हुने गर्दछन् ।

नेपाली समुदायलाई त देशको कला संस्कृती प्रति मोह र बचाउने दायित्व नै भयो । तर जापानमा भने नेपाली संगितमा जापानी नागरिकको आकर्षण बढ्दै गएको छ । नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा अतिथीको दिर्गामा नेपाली संगै जापानी पनि देखिन्छन् । स्टेजमा बराबर प्रर्स्तुती राख्छन । उनको प्रस्तुतीमा पनि नेपालीपन नै देखिन्छ । उनले गाउने गितका शब्द, लय,र संगितमा नेपाली कलाकारको भन्दा कम देखिदैन र नाच्नेको पनि कमी हुदैन् ।

आईतबार टोकियोको रोधिघरमा राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जापान शाखाले सांगितिक कार्यक्रम आयोजना गर्यो । प्रतिस्ठानको केन्द्रिय भवन निमार्णका लागि सहयोग गर्ने भन्दै कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा जापानी नागरिक आओई सानोले “पानको पात, नेपालको याद आउछ दिनको रात” भन्दै गित गाएर स्टेज तताईन । नेपाली कुर्ता र सुरुवालमा स्टेजमा पुगेकी उनले अतिथीदिर्गालाई समेत नाच्न र ताली बजाउन बाध्य पार्दै नेपाली समाजलाई नै चकित पारिन । व्यस्त जिवनलाई पन्छाउदै हतार हतार गर्दै थकित मुद्रामा पुगेका नेपालीलाई उनको प्रस्तुती र संगितले प्रफुल्ल बनाएको देखिन्थ्यो । आओईले प्रस्तुती सकाएर बिदा के माग्दै थिईन दर्शकले भने बिदा हुन दिएनन् । अर्को गित गाउन आग्रह गरे । दर्शकको उत्साहले हौसिएकी उनी कार्यक्रम संचालक संग थप समय माग्दै रेशम फिरिरी गीत गाउन तयार भइन । स्टेज तताईन र दर्शकलाई फेरी नचाईन । उनको प्रस्तुती सकिने बितिकै अर्की जापानी किशोरी हावा मल्ले जाउँ है रेलैमा भन्ने नेपाली गीतमा नृर्त्य गरिन र अरुलाई पनि नचाईन् ।

उनीहरुको प्रस्तुती र नृर्त्य मा व्यक्त भएका शब्दमा नेपालको संस्कृती नेपाल र नेपाली प्रतीको माया प्रष्ट देखिन्थ्यो । त्यही प्रस्तुतीलाई देखेर प्रतिस्ठानका सल्लाहाकार तिलक मल्लले जापान र नेपालको संकृतीलाई एक आपसमा नजिक बनाउने र सामिप्यता बढाउने विश्वास व्यक्त गरे । सांझ पर्दै थियो, सांगितिक माहोल तात्दै थियो । एकपछि अर्को नृर्त्य र प्रस्तुती भईरहेका थिए । हरेक प्रस्तुतीमा नेपालको माया, देशको अवस्था, बिदेशीनु परेको पीडा मात्रै देखिन्थ्यो । सोही क्रममा प्रमुख अतिथीको दिर्घाबाट बोल्दै ईश्वर गुरुङले संगितले गुजारा नचलेपछि विदेशीनु परेको बाध्यता सुनाए । “अहिले त केही सहज छ तर द्वन्दकालमा संगितलाई पेशा बनाउने बातावरण थिएन ।” त्यसैले विदेशिनु पर्यो, गुरुङले गुनासो पोखे । व्यानरको छेउमा नेपाली झन्डा फहराईरहेको थियो मन्चबाट “यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुनकिरी झै ज्योतीबाली अन्धकारमा चम्किन्छ । , त्यसै गरि “जहाछन् बुद्धका आखा स्निक शान्त र शुन्दर, त्यहा छ शान्तिको क्षेत्र मेरो नेपाल मनमोहर ।” सालैजु, बासुरीको धुन” जस्ता राष्टिय भावले ओतपोर्त प्रस्तुतीहरु प्रस्तुत भइरहेका थिए । त्यसै विचमा कतिपय कलाकारले “लादमर्दो बनाई छाड्यौ नेपाली हु भन्न पनि” जस्ता गाथा र व्यथा समेटिएका प्रस्तुती पनि पस्केका थिए ।

सांझ ढल्किदै थियो, उता कलाकार गाउनमा व्यस्त, दर्शक नाच्नमा मस्त त कोही, नेपाली लसी र आलु चिप्स संगै संगितको आन्नद लिएकाे देखिन्थ्यो ।

माहोल हेर्दा कार्यक्रम अझै केही घण्टा लम्बिने देखिन्थ्यो । कार्यक्रम संचालकले औपचारीक कार्यक्रमलाई बिटमार्न खोज्दै थिए, प्रस्तुती राख्ने पनि बढदै थिए । यसै क्रममा अध्यक्षको आशनबाट उठ्दै युवराज आचार्यले प्रतिष्ठानको केन्द्रिय भवन निर्माणमा सांगितिक सांझले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दर्शकले गरेको आर्थिक सहयोगलाई जस्ताको तस्तै केन्द्रमा पठाउने प्रतिवद्वता समेत व्यक्त गरे ।

    Comment Here!


सम्बन्धित समाचार

View All