ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया काउन्सिल बिद्येयकलाई प्रेसमैत्री बनाईने– मन्त्री बाँस्कोटा


एबीसी न्यूज


काठमाडौं, ५ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिडिया काउन्सिल बिद्येयकलाई प्रेसमैत्री बनाउने गृहकार्य अघि बढाएको छ । राष्ट्रिय सभामा गत बैशाख २७ गते दर्ता भएको बिद्येयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन अघि बढाएको हो ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहितको छलफलमा प्रेस संगठनमा आवद्ध बरिष्ठ नेताहरुसँग बिद्येयकको बिषयमा सुझाव लिइएको थियो । छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्यद्वय पम्फा भुसाल र योगेश भट्टराईसहितका नेताहरुसमेत सहभागी हुनुहुन्थ्यो । सञ्चार मन्त्री र पत्रकार संगठनका नेताहरुको धारणा बाझिएपछि नेकपाले बिद्येयकको बिषयमा एकरुपता कायम गर्ने योजनासहित छलफल गरेको हो ।


विधेयकमा चरित्र हत्या र स्वस्थ आलोचनालाई एउटै डालोमा हालेर पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएकोले त्यसलाई सुधार गरी स्वस्थ आलोचना र चरित्र हत्यालाई फरक ब्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । छलफलमा सवैले बिद्येयक फिर्ताको माग चाँहि राजनीतिक भएको भन्दै सुधार गरी पारित गर्नूपर्ने सामुहिक निश्कर्ष निकालेका छन ।


नेकपाले लिएको यो अग्रसरतालाई कतिपयले पत्रकार महासंघको आन्दोलनलाई मत्थर बनाउने उद्देश्यले पत्रकारका नेताहरुलाई सम्झाएको अर्थ लगाए पनि सो पार्टीले प्रेस स्वतन्त्रताबिरोधी बिद्येयक आफ्नो पालामा पारित नहुने बताएका छन । बिद्येयकको बिषयमा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा नेताहरुले सञ्चार क्षेत्रमा लामो समय काम गरेका पार्टी निकट पत्रकार तथा केन्द्रीय सदस्यहरुसँग बिद्येयकको बिषयमा छलफल गरेको छ ।


पत्रकारिताको आवरणमा चरित्र हत्या गर्ने आपराधिक कामलाई पुर्णत निषेध गर्ने गरी मिडिया काउन्सिल बिद्येयक पारित हुनुपर्ने र बिद्येयकका केही शब्दावली र जरिवानाको ब्यवस्थाले इमान्दार पत्रकार पनि फसाउने सकिने भएकाले सुधार गर्नुपर्ने सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com