ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाका लागि सञ्चालन रामलीला महोत्सवमा रु १८ लाख संकलन


admin
आश्विन ३०, २०७४ सोमबार   १२ : ४७   बजे

बैतडी, ३० असोज । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन भएको छ ।

असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिको आयोजनामा सञ्चालन भएको रामलीला महोत्सवमा उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।

जसमा सबैभन्दा बढी वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले रु एक लाख २५ हजार दान गर्नुभएको छ । यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा, दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहरा र दशरथचन्द नगरपालिका–१ स्थित मुस्याचौर बजारका प्रतिष्ठित व्यापारी वीरेन्द्र भट्टले जनही ५१÷५१ हजार रकम दान गर्नुभएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो ।

यसका साथै अन्य थप दानवीरबाट संकलित दान रकम गरी रु १८ लाख संकलन भएको बताइएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै जान थालेपछि मणिलेक मावि गुरुखोलामा पनि प्राविधिक शिक्षा सञ्चालनका लागि रामलिला महोत्सवको आयोजना गरिएको रामलीला मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “संकलित रकमले आगामी वर्षदेखि प्राविधिक शिक्षा सञ्चालनका लागि जम्मा गरिनेछ ।”

प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालयसँग आर्थिक स्रोत नहुँदा रामलीला महोत्सवको आयोजना गरी आर्थिक संकलन गरिएकोे हो ।

‘धर्म, कला संस्कृति जगेर्ना तथा अध्यात्मिक क्षेत्रको विकास गर्दै प्राविधिक शिक्षालय स्थापनार्थ’ असोज १५ गतेदेखि शुरु भएको रामलीला महोत्सव असोज २९ गते सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group