ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा शुद्धोधनको प्राचीन दरबार अवलोकन


एबीसी न्यूज


काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो । उहाँले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेकोसमेत बताउनुभयो ।

प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी झ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यक्रममा आउनुभएका प्रधानमन्क्री ओली सोही क्रममा तिलौराकोटको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शङ्कर पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्क्री चत्रपाणी खनाल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खनन, अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली तिलौराकोट क्षेत्रमा पश्चिम गेटबाट पैदल हिँडेर प्राचीन ऐतिहासिक संरचनाको अवलोकन र जानकारी लिनुभएको थियो । तिलौराकोटमा विगत छ वर्षदेखि बेलायतको दुहार्म विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन, अनुसन्धान गरिरहेको छ । तिलौराकोट विश्वसम्पदा सूचीका लागि प्रस्तावित स्थलसमेत हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com