ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा रातको समयमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान


एबीसी न्यूज
जेष्ठ ३, २०७६ शुक्रबार  २ : ४७ बजे



काठमाडौं, ३ जेठ । महालक्ष्मीस्थान स्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो ।

रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको उहाँको अनुभव छ । पारिश्रमिकका हिसाबले सन्तोषजनक भए पनि यातायातको साधन नपाउँदा जागिर छाड्नुपर्दा उहाँ दुःखी हुनुहुन्छ । उहाँले भन्नुभयो, “रातको समयमा नचिनेको मान्छेको साधनमा हिँड्न आफैँलाई पनि सुरक्षित महसुस हुँदैन र परिवारलाई पनि सधैँ चिन्ता हुन्छ ।” कार्यालयमा साँझसम्म काम गर्दा यातायातका साधन नपाएर दैनिक हैरान भइरहेको भक्तपुर ताथलीकी सुनिता दुलालले सुनाउनुभयो । बागबजारस्थित एउटा निजी संस्थामा कार्यरत उहाँ कार्यालयबाट दैनिक साँझ ६ बजे निस्कनुहुन्छ ।

कार्यालयमा काम गरिरहँदा दिउँसो नै घर कसरी फर्कने भन्ने चिन्ता हुने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ बस तोकिएको समयभन्दा पहिले नै गइसक्दा उहाँ हैरान हुनुहुन्छ । रातको समयमा बस नपाउँदा उहाँ बीच बाटोसम्मको बसमा जाने र त्यसपछि परिवारका सदस्यलाई लिन बोलाउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी शहरी क्षेत्रबाट केही टाढा घर भएकालाई साँझमा गाडी नपाउँदा काम गर्न साह्रै गाह्रो छ ।” काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन नहुँदा यात्रु हैरान छन् । उपत्यकाका शहरी क्षेत्रमा भन्दा पनि काँठ (काठमाडौँ आसपासका ग्रामीण क्षेत्र) मा जाने बस साँझ परेपछि चल्दैनन् । उपत्यकामा सार्वजनिक सवारीसाधन अपराह्न (कार्यालय छुट्ने समय) पछि पातलो हुँदै जाने र छ/सात बजेपछि ठप्प नै हुने गरेको पाइन्छ ।

कतिपयले रातको समयमा सवारीसाधन नचल्ने कारणले गरिरहेको कामसमेत छाड्न बाध्य छन् । दिउँसो विद्यालयमा पढाउँदै आउनुभएका ललितपुर बाँडेगाउँका अमन कार्की केही समय पहिलेसम्म साँझमा दुई ठाउँमा ट्युसन पढाउनुहुन्थ्यो । घर फर्कनका लागि सवारीसाधन नपाएर पटकपटक समस्या भएपछि अहिले उहाँले एउटा ठाउँमा मात्रै पढाउने गर्नुभएको छ । काठमाडौँको महङ्गीका कारण अतिरिक्त काम गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । अहिले उहाँ मोटरसाइकल सिकेर पनि थप काम गर्ने सोचाइमा हुनुहुन्छ । मोटरसाइकल किन्ने रहर नभए पनि बाध्यता बनेको उहाँले बताउनुभयो । “आफ्नो साधन नहुँदा सार्वजनिक यातायात चढेर १० देखि पाँच बजेसम्म काम गर्न मात्रै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो, “कि त अतिरिक्त काम नगर्ने कि आफूले साधन किन्नुपर्ने बाध्यता छ ।”

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले अहिले काठमाडौँ उपत्यकाभित्रै चल्ने रात्रिबस नभएको र तत्काल चलाउन कुनै योजना पनि नभएको जानकारी दिनुभयो । होटल रेष्टुरेन्टलगायतका रातिसम्म सेवा दिनुपर्ने ठाउँमा काम गर्नेका लागि रात्रिकालीन यातायात आवश्यक भएको उहाँको जोड छ । रात्रिबस सञ्चालन सङ्घीय सरकारले मात्रै नभएर स्थानीय सरकारले समेत गर्नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले पनि आपसमा समन्वय गरेर रात्रिकालीन सवारीसाधन सञ्चालन गर्न सक्छ ।” राति अबेर मात्रै नभएर काठमाडौँवासीले साँझदेखि नै सार्वजनिक यातायात सजिलै नपाउने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताउनुभयो ।

साँझ पाँच/छ बजेपछि नै सार्वजनिक यातायात कम हुँदा यात्रु अलपत्रमा पर्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा रात्रिकालीन बसको आवश्यकता बढिरहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “साँझदेखि नै सवारीसाधन नपाएर कुरिरहेका यात्रुहरु चोकचोकमा भेट्न पाइन्छ ।” काठमाडौँ र ललितपुर महानगरपालिकाको समेत शेयर रहेको साझा यातायातले २० नयाँ बस भित्र्याइरहेको छ । यी बसमध्ये कतिपय रात्रिकालीन सेवामा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको दुवै महानगरपालिकाले जनाएका छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नगरभित्र रात्रिकालीन सवारीसाधनको आवश्यकता रहेको बताउनुभयो ।

एउटा नगरपालिकाले मात्रै नभएर उपत्यकामा रहेका सबै नगरपालिका आपसमा मिलेर रात्रिबस सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “नगरपालिकाको फोरमको बैठकले निर्णय नै गरेर पनि चलाउन सक्छ ।” –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com