ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” बिमोचन


एबीसी न्यूज


काठमाडौं, २ जेठ । पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटी, लगं बीचमा आइतबार बिमोचन गरियो ।

विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्ष तथा डिन जित जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, नेपाली अवैतनिक राजदुत रिषी ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल र डिन जोशीले संयुक्तरुपमा विमोचन गरेका थिए ।

विश्वविद्यालयका डिन जित जोशीले नेपाली हु इज ह, आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । उनले बिधार्थी र अनुसन्धातालाइ उपयोगी हुने पुस्तक भएकोले आफ्नो विश्वविद्यालयले इन्डोर्स गरेको जानकारि दिए । ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पु–याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन’ जोशीले भने । एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भुमीमा गरेको संधर्ष र सफलताको दस्तावेज भएको बताए । ‘नेपाली हु इज हु आजको पुस्ताको सजिव कहानी हो र नयाँपुस्ताको लागी प्रेरणा हो’ उनले भने ।

अवैतनिक महाबाणिज्यदुत रिषी ढकालले पुस्तक तयार पार्नक्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा गर्दै नेपाली हु इज हुलाइ अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सहहनीय भएको बताए । ‘यो पुस्तक आफैमा एक सन्दर्भ सामग्री हो’ ढकालले टिप्पणी गरे । पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमुलक कथाहरु समेटिएका छन् । लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पुरा हुन नसकेको जानकारि दिए । ‘नेपालीको प्रगतिको कथालाइ अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनिहरुलाइ समेट्ने कोसिश गर्नेछु’ उनले भने ।

पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए । कार्यक्रममा महिला उद्यामी यमुना भट्टराइ, अनुसुया वन्त, र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए ।

सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हुइजहुनेपाली डटकम ( www.whoiswhonepali.com ) मा अनलाइन किन्न सकिन्छ । नेपाली लेखकलाइ अमेरिकी विश्वविद्यालयले होस्ट गरेको यो पहिलो पटक हो । एबिसि टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी ‘मेसी द म्यान एट बार्सा’ डकुमेन्ट्रिका निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

बेचिएका नेपालीको आँशुले पोलेन, सरकारलाई प्रश्नबाट भाग्यो – गौतम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com