ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमै दुर्लभ चिरकालिजको संरक्षणमा कुनै कदम बाँकी नराख्न आग्रह


एबीसी न्यूज
जेष्ठ २, २०७६ बिहीबार  १० : २८ बजे

जाजरकोट, २ जेठ । पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी सिकारी रोक्न वन तथा वाताबरण मन्त्री शत्तिबहादुर बस्नेतको निर्देशनमा चिरकालिजलगायतका जङ्गली जनावरको संरक्षणका लागि चासो बढेको हो । कालिज साविकका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवती, पैक, ढिमे, झाप्रा र अर्छानीलगायतका गाविसमा पाइन्छ ।

चिरकालिजलाई स्थानीय सिकारीले पासो थापेर मार्ने गरेपछि यसको संरक्षण गर्न कुनै कदम बाँकी नराख्न आग्रह गरिएको छ । राष्ट्रिय पक्षी संरक्षण सङ्घका सदस्यसमेत रहनुभएका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले विश्वमै दुर्लभ पक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको बताउनुभयो । प्राविधिक सिंहका अनुसार चिरकालिज एकान्त जङ्गलमा खोर बनाएर अण्डा पार्ने गर्दछ । कुखुराजस्तै ओथारो बसेर चल्ला कोरल्छ । कालो, खैरो र छिरबिरे रङ्गको हुने चिरकालिजको अरु कालिजभन्दा स्वभाव र बनावट अलि फरक हुने गरेको छ । पोथीभन्दा भाले अलि ठूलो र बलियो हुन्छ ।

एक हजार ८०० देखि तीन हजार मिटरको उचाइमा चिरकालिजको बासस्थान हुने गरेको सिंहले बताउनुभयो । घाँसे भीरपाखा र झाडी भएको पारिलो स्थानमा बसोबास गर्ने यो पक्षी संरक्षणका लागि पहल शुरु भएको हो । सरकारले नौ प्रजातिका संरक्षित चराको सूचीमा चिरकालिजलाई राखेको छ । यसलाई मारेमा कानूनी कारवाही हुने व्यवस्था गरे पनि सामुदायिक वनका पदाधिकारी नै चिरकालिजको सिकार गर्ने गरेको पाइन्छ । चोरी सिकारीका साथै वनजङ्गलको विनाश र आगलागीका कारण पनि चिरकालिजलाई प्रतिकूल असर परिरहेको सिंहले बताउनुभयो । जनचेतनामूलक कार्यक्रमका माध्यमबाट यसको संरक्षण गर्न सके जाजरकोटमा प्रशस्त मात्रामा चिरकालिज वृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिंहको भनाइ छ ।

चिरकालिजलगायत वन्यजन्तु संरक्षणका लागि स्थानीय तहले विशेष योजना बनाई काम शुरु गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । नियामक निकायले बेवास्ता गर्दा र यसको महत्व स्थानीयवासीलाई जानकारी नहुँदा चिरकालिज मार्ने क्रम बढिरहेको बारेकोट गाउँपालिका लैखमका जयबहादुर खत्रीले बताउनुभयो । पक्षीविज्ञ कृष्णप्रसाद भुसालको टोलीले चार वर्षअघि जाजरकोटमा गरेको एक स्थलगत अध्ययनबाट चिरकालिज रहेको तथ्य फेला पारे पनि अहिलेसम्म संरक्षणका लागि कुनै पहल गरिएको छैन । चिरकालिज पाइने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न सके जाजरकोटमा चिरकालिजको सङ्ख्या वृद्धि गर्न सकिने स्थानीयवासीको भनाइ छ । चिरकालिजलाई स्थानीयवासीले भरुवा बन्दुकले गोली हानेर तथा पासो थापेर मार्ने गरेका छन् । भौगोलिक विकटता र असुरक्षाका कारण चिरकालिजको चोरी सिकारी बढ्दै गएको हो । समयमै संरक्षण नगर्ने हो भने यहाँको चिरकालिज पनि लोप हुने अवस्थामा पुग्ने नलगाड नगरपालिका– ८ का नन्दा शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिरकालिजको महत्व बुझाउने र सामुदायिक वनलाई संरक्षणका लागि तालीम दिएमा केही कुरा हल हुनसक्छ, समूहकै पदाधिकराीलाई कालिजको महत्वको विषयमा थाहा छैन ।” यता डिभिजन वन कार्यालयले रेन्जपोस्टलाई चिरकालिजको चोरी सिकारी रोक्न निर्देशन दिइसकेको जानकारी दिएको छ । वन तथा वातावरण मन्त्रालयले लोपोन्मुख चिरकालिजलगायतका वन्यजन्तु संरक्षण गरी जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन थालेको वन तथा वातावरणमन्त्री बस्नेतले बताउनुभयो । जाजरकोट, डोल्पा र जुम्लामा एकैसाथ काम भएको उहाँले बताउनुभयो । बहुमूल्य पत्थर, खानी र वन्यजन्तु जोगाउन मन्त्रालय विशेष योजनाका साथ लागेको उहाँको भनाइ छ । केही समयअघिदेखि नलगाड नगरपालिकाले भेरी नदी र नलगाड नदीमा माछा मार्न प्रतिबन्धसमेत लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com