ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लैङ्गिक हिंसाका घटनामा वृद्धि


एबीसी न्यूज
बैशाख ३०, २०७६ सोमबार  ८ : ३३ बजे


काठमाडौं,३० बैशाख । लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
सन् २०११/१२ मा लगभग प्रतिवर्ष १३ महिलाले लैङ्गिक हिंसाबाट पीडा व्यहोर्ने गरेकामा सन् २०१८ मा ८० महिला पीडित भएका थिए ।

लैङ्गिक हिंसा र मानसिक समस्यामा परेका महिलाको उद्धार तथा पुनःस्थापनामा कार्यरत संस्था ‘कोशिश नेपाल’द्वारा आज यहाँ आयोजित कार्यक्रममा सो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै १५ देखि ४९ उमेर समूहका महिला विविध कारणले बढी हिंसामा पर्ने गरेको जानकारी दिइयो । संस्थाले सन् २०११ देखि सन् २०१९ सम्म हिंसामा परेका ४५६ महिलाबारे गरेको अध्ययनका क्रममा करीब ४५ प्रतिशत महिला कडा खालको मानसिक समस्यामा परेका थिए ।

यौनजन्य हिंसा, जबर्जस्ती बलात्कार, कम उमेरमा विवाह, घरेलु हिंसा, जबर्जस्ती विवाहलगायत कारणले महिलामा मानसिक समस्या देखिएको र मानसिक समस्याका कारण थप हिंसामा परेको कार्यक्रममा प्रस्तुतीकरण गरिएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले कुनै पनि महिला तथा बालबालिका हिंसामा पर्ने छैनन् भन्ने प्रतिबद्धताका साथ सरकारले आफ्ना नीति, कार्यक्रम तथा ऐन नियमलाई केन्द्रित गरेको बताउनुभयो । उहाँले महिलालाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

“ग्रामीण क्षेत्रका विपन्न महिलाको आर्थिक अवस्था उकास्न सबैको ध्यान जानुपर्छ”, मन्त्री थापाले भन्नुभयो । अधिकारकर्मी दुर्गा घिमिरेले संविधान प्रदत्त महिला अधिकार कार्यान्वयन गर्न सकिएमा मात्र महिलाको समग्र अवस्थामा सुधार हुने बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रा शर्माले हिंसामा परेका महिलालाई तत्काल पुनःस्थापना तथा राहत प्रदान गर्न स्थानीय तहलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सातै प्रदेशमा हिंसामा परेका महिलालाई पुनःस्थापना गर्न केन्द्र स्थापना गर्ने मन्त्रालयको नीति रहेको जानकारी दिनुभयो । आयोजक संस्थाका अध्यक्ष शिवराम आछामी र कार्यकारी निर्देशक मातृका देवकोटाले लैङ्गिक हिंसाका कारण मानसिक समस्या र मानसिक समस्याका कारण लैङ्गिक हिंसामा परेका महिलालाई संस्थाले पुनःस्थापना, तालीम तथा परिवारसित पुनःमिलन गरिरहेको बताउनुभयो ।

संस्थाका कार्यक्रम अधिकृत युवराज चन्दले मानसिक समस्याका कारण हिंसामा पर्ने महिलाका समस्या सम्बोधन गर्न समयमै ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com