ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण शुरु


एबीसी न्यूज


काठमाडौं,३० बैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य शुरु भएको छ ।

नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै रु दश करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य शुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले बताउनुभयो । अहिले पहिलो चरणमा गाईघाटस्थित त्रियुगा नदीको आर्यघाट क्षेत्रबाट पुरानो गाईघाटको बोटेटोलसम्मको २०० मिटर बाँध निर्माणको लागि उपभोक्ता समिति गठन गरेर बाँध निर्माण कार्य शुरु भएको अध्यक्ष राईको भनाइ छ ।

चौडाइ १९ मिटर र उचाइ तीन मिटरको उक्त बाँधमा पाँच मिटरको करिडोर सडकसहितको बाँध निर्माण कार्य शुरु गरिएको आर्यघाट बोटेटोल बाँध निर्माण उपभोक्ता समितिका सचिव लव ढकाल बताउनुहुन्छ । यस्तै बोटेटोलबाट तल्लो आर्यघाट हुँदै विषणपुरसम्मको तटबन्ध निर्माण गर्न अन्य उपभोक्ता समितिसमेत गठन गर्न लागिएको त्रियुगा नगरपालिकाले बताएको छ ।

दुई किलोमिटर बाँध निर्माण भएपछि गाईघाटको बसपार्कदेखि दुर्गाटोल, प्रतिभा टोल साधना टोल, बोटेटोल, बगरटोल, त्रिवेणी टोल र विषणपुर क्षेत्रका झण्डै तीन हजार जनता बसोबास गरेको क्षेत्र त्रियुगा नदीको कटानबाट सुरक्षित हुने भएको पनि त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ । वर्षेनी त्रियुगा नदीले यस क्षेत्रमा कटान गर्दै लगेपछि दश वर्षभित्रमात्र झण्डै २०० बिघा जग्गा कटान गरिसकेको छ भने सयौँ घर परिवारसमेत विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com