
लहान, २८ बैशाख । सिरहाको लक्ष्मीपुर पतारी १ मा दलितको घर भत्काएर बाटो निर्माण गर्ने क्रममा आज एक दर्जन मान्छेलाई गम्भिर चोटपटक लागेको छ ।
बाटो बनाउँने क्रममा लक्ष्मीपुर पतारीले स्थानीय लक्ष्मी खत्वेको कि.नं. ५६ को नम्बरी जग्गामा जर्बजस्ती स्काइभेटर चलाएर घर भत्काउँन लाग्दा चोटपटक लागेको छ । सार्वजनिक जग्गा रहँदा रहँदै पक्षपाक्ष ढंगले खत्वेको घर भत्काउँन लाग्दा प्रतिकार गरिएका उनका घरपरिवारलाई गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले कुटपिट गरेको छ ।
कुटपिट गर्दा पीडितपक्षका धनुदेवी मण्डल, आशो, मनिषा, रीता, हिरा, गोविन्द, मदन, बिर्खी, बस्नीत, चँचलियादेवी मण्डललाई चोटपटक लागेको छ । उनीलाई स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । जसमा धनुदेवी र रीता मण्डलाई स्लाईन पानी लगाएको छ । घर भत्काउँने क्रममा प्रहरी र गाउँपालिकापक्षले यिनीहरुलाई कुटपिट हो ।
पीडितपक्षले न्यायको लागि केही दिन अगाडि उच्च अदालत जनकपुर, राजविराजमा निवेदन दिएका थिए । अदालतले घर नभत्काई दिन आदेश दिएका छन् । तर, अदालतको अपहेलना गर्दै लक्ष्मीपुर पतारीले निजको घर भत्काएको छ । अदालतको पत्रमा घर भत्काउँदा क्षतिपूर्ती दिन समेत निषेधाज्ञा गरेको छ । अनुसार खत्वेको घर भत्काउँने कुनै आवश्यकता भएको र उनको घर अगाडि सार्वजनिक जग्गा प्रयोग गर्दा पनि हुने स्थानिबासी राहुल यादव बताउछन् ।








प्रतिक्रिया दिनुहोस्