ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक न्यायसहितको बजेटमा जोड


एबीसी न्यूज
बैशाख २९, २०७६ आईतबार  ७ : २७ बजे


काठमाडौं,२८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक न्यायसहितको आर्थिक वृद्धिको लक्ष्यलाई आत्मसात् गर्ने खालको बजेट ल्याउने विश्वास व्यक्त गरेका छन् ।

सत्तारुढ दलका सांसदको उक्त विश्वासलाई नै खण्डन गर्ने गरी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदले भने आगामी आर्थिक वर्षको बजेट पनि चालू आर्थिक वर्षको जस्तै कार्यान्वयनमा समस्या आउने खालको बजेट ल्याउन सरकार लागिपरेको भन्दै आलोचना गरेका छन् । दलीय आधारमा छलफलमा सहभागी भएका सांसदले आआफ्नै दलको मान्यताका आधारमा समर्थन र आलोचना गर्नेक्रम संसद्को आजको बैठकमा समेत देखियो ।

आव २०७६÷०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका केही सांसदले भने आलोचनात्मक समर्थन गरे भने प्रतिपक्षी दलका सांसदले भने विगतमा शुरु गरिएका सकारात्मक कामलाई समेत सरकारले बाहेक गरेकामा गुनासो गरे । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले द्वन्द्वसँग जोडिएका शहीद, घाइते तथा बेपत्ताको परिवारलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तयार हुनुपर्ने र शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने गरी आवश्यक व्यवस्था गर्न आग्रह गर्नुभयो ।

उहाँले निजी क्षेत्रलाई सर्वेसर्वा बनाउनेभन्दा पनि सहयोगीका रुपमा लिँदै राज्यले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र संविधानमा नै लिपिबद्ध भएको समाजवादउन्मुख अर्थतन्त्रको विकासका ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिनुभयो । राजश्वको दायरा फराकिलो बनाउनुपर्ने, पूँजीगत खर्चको बढोत्तरी गर्न अवलम्बन गर्नुपर्ने उपायसमेत बजेटमा समावेश हुनुपर्ने नेता गुरुङको भनाइ थियो । नेकपाका सांसद देवेन्द्र पौडेलले मुलुक आर्थिक क्रान्तिको अभियानमा रहेकाले विकास र समृद्धिको यात्रलाई फड्को मार्नेगरी बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक समृद्धिका लागि गुणात्मक स्रोतको खोजी गरी, कृषि, पर्यटन, ऊर्जा, भौतिक पूर्वाधारको क्षेत्रलाई अगाडि बढाउने खालको बजेट जरुरी रहेको बताउनुभयो ।

नेकपाकै सांसद राजेन्द्रप्रसाद गौतमले विनियोजन विधेयकले मुलुकको समग्र अर्थतन्त्रको सुधारका लागि प्राथमिकतायुक्त क्षेत्र निर्धारण गरेको उल्लेख गर्दै आगामी बजेटले स्रोतको सुनिश्चिता गरेर राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारको सङ्कल्पलाई पूरा गर्ने गरी कर्णालीको अर्थतन्त्रलाई पनि सबल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्नेमा सांसद छक्कबहादुर लामाको जोड थियो । अर्का सांसद जुलीकुमारी महतोले विकास निर्माणको कामलाई प्रभावकारी बनाउनका लागि सार्वजनिक खरीद ऐनको व्यापक संशोधन जरुरी रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले यातायात, ऊर्जा, कृषि र पर्यटन विकासका लागि बजेटको प्राथमिकतामा पर्नुपर्ने, विकास खर्च सन्तुलित हुनुपर्ने तथा प्रदेश खर्च सन्तुलनमा वितरण गरिनुपर्ने उल्लेख गर्नुभयो । काङ्ग्रेसकै सांसद बहादुरसिंह तामाङले यथार्थभन्दा बाहिर गएर सरकारको नीति तथा कार्यक्रम आएकाले बजेट पनि त्यस्तै खालको आउने भन्दै धेरै अपेक्षा नगर्न आग्रह गर्नुभयो । सोही दलका सांसद देवप्रसाद तिमिल्सिनाले शक्ति र पहुँचका आधारमा प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा मात्रै बजेट राख्ने प्रचलन विगतदेखि नै रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा पनि सोही प्रवृत्ति दोहोरिने आशङ्का व्यक्त गर्नुभयो ।

सांसदहरु हृदेयश त्रिपाठी, सुजाता कोइराला, रेनुका गुरुङ, अमरेशकुमार सिंह, अमृतादेवी अग्रहरी, राजबहादुर बुढा क्षेत्री, रङ्गमती शाही, रामबहादुर विस्ट, कल्याणी खड्का, विमला विकले जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com