ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द जुम्ला विमानस्थल सञ्चालनमा


एबीसी न्यूज


काठमाडौँ, २६ वैशाख । वैशाखदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि बन्द भएको विमानस्थल आजदेखि नियमित सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले बताउनुभयो ।

बाँकी रहेको स्तरोन्नतिको काम समयमै सकिएकाले आजदेखि विमानस्थल सञ्चालनमा आएको उहाँको भनाइ थियो । विमानस्थल सञ्चालन पहिलो दिन समिट एयरको जहाजले उडान ग¥यो । विमानस्थल धावनमार्गको काम सम्पूर्ण सकिएको र पार्किङको काम भने बाँकी रहेको शर्माले जानकारी दिनुभयो । पार्किङको काम बाँकी रहे पनि खासै जहाज अवतरणमा समस्या नहुने बताइएको छ । पार्किङको बाँकी स्तरोन्नति काम भइरहनेछ । विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउन २० दिनका लागि विमानस्थल नै बन्द गरिएको थियो ।

पार्किङकतर्फ स्तरोन्तिका लागि चाहिने निर्माण सामग्री आउन नसकेकाले स्तरोन्नति कार्यमा ढिलाइ हुने बताइएको छ । ६७५ मिटर धावनमार्गको कालोपत्रको काम सकिएको हो । बाँकी पार्किङको काम जहाज चलाउँदै कालोपत्र गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा झण्डै ३९० मिटर धावनमार्ग कालोपत्र भइसकेको थियो । बाँकी २८० मिटर धावनमार्ग कालोपत्रको काम यो अवधिमा सकिएको हो ।

एपेक्स पृथ्वी र अमित जेभीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए । धावनमार्ग मर्मतका लागि चाहिने सबै सामग्री उपलब्ध भइसकेकाले मर्मतको काम छिटो भएको हो । विमानस्थल २० दिनसम्म बन्द भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा बन्द भएको थियो । विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । विमानस्थलका लागि रु चार करोड ५२ लाख रकम विनियोजन भएको शर्माले जानकारी दिनुभयो । अब मौसका कारणबाहेक अरु कुनै कारणले उडान कार्यमा अवरोध नहुने भएको छ ।

पार्किङको काम जेठ महीनाभित्रमा सकिने छ । दुई चरणमा जुम्ला विमानस्थलको स्तरोन्नतिको काम भएको हो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com