ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको यात्रा सार्थक तुल्याउन पत्रकारिता कटिबद्ध बन्नुपर्छ : राष्ट्रपति भण्डारी


एबीसी न्यूज



काठमाडौँ, २४ वैशाख ।    राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक विकासमा मुलुक अग्रसर बनेको परिवर्तित सन्दर्भलाई गहिरोसँग आत्मसात् गर्दै पत्रकारिताजगत्ले थप रचनात्मक बनेर समृद्धिको यात्रालाई सार्थक तुल्याउन कटिबद्ध बन्नुपर्ने खाँचो आँैल्याउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस, २०७६ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा सम्बोेधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको र प्रेस स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएकाले उत्तरदायी पत्रकारिताले नै प्रेस स्वतन्त्रतालाई सार्थक र सबल बनाउने पनि उल्लेख गर्नुभयो । नेपालमा पत्रकारिता क्षेत्रले सामाजिक चेतना तथा जागरण, मानव अधिकार र लोकतान्त्रिक प्रणालीका पक्षमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्र र उत्तरदायी पत्रकारिताबीचको सम्बन्ध घनिष्ट हुन्छ ।

यीमध्ये एकको अनुपस्थितिमा अर्काे क्षेत्र जीवन्त रहन सक्दैन ।” मुलुकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको क्षेत्रमा ठूलो प्रगति भएको तथा कृषिको आधुनिकीकरण र व्यवसायीकरणसहित पर्यटन प्रवद्र्धन गरेर अर्थतन्त्र सुदृढीकरण गर्न राज्यसंयन्त्र कटिबद्ध रहेका जनाउँदै उहाँले औद्योगिकीकरणसहित स्वरोजगार र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा भएका सकारात्मक घटना र सामाजिक आर्थिक क्षेत्रका सफलताका सूचनालाई सर्वसाधारणसम्म पु¥याउनु र आम जनतालाई विकास प्रक्रियामा प्रेरणा प्रदान गर्नु आमसञ्चारजगत्को नैतिक दायित्व हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो तीतो यथार्थ हो कि मुलुकबाट सामाजिक विकृति–विसङ्गतिहरु निर्मूल भइसकेका छैनन् । संवैधानिक प्रस्थापनाबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको प्रक्रियाले सार्थकता हासिल गरेसँगै ती विकृति–विसङ्गतिहरु क्रमशः समाप्त हुँदै जानेछन् ।”

सामाजिक आर्थिक विकासको गतिसँगै नयाँ संस्कृतिको निर्माण हुनेछ र मुलुक सांस्कृतिक जागरणको नयाँ परिवेशमा पदार्पण गर्ने बताउँदै उहाँले समाज विकासको यस नियमलाई सम्बद्ध सबैले आत्मसात् गर्नुपर्छ र अझ चेतना र जागरणका संवाहक आमसञ्चार क्षेत्रले यस्तो प्रक्रियालाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रले सबैलाई उत्तरदायी बन्न प्रेरित गर्नेछ र आफूलाई पनि अझ बढी उत्तरदायी बनाउँदै लैजानेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले पत्रकारिता दिवसका अवसरमा यस क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने परम्पराले राज्य र आमसञ्चार क्षेत्रबीचको सम्बन्धलाई अझ विश्वासिलो र प्रगाढ बनाउँदै लैजानेछ अपेक्षा व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र नेपालीको आधारस्तम्भ रहेको जनाउँदै लोकतन्त्रलाई सबल बनाउन पेशागत मर्यादा, सम्पादकीय स्वतन्त्रता र आर्थिक स्वतन्त्रतासहित प्रेसको स्वर्ण युग बनाउनेतर्फ सरकारले नयाँ आमसञ्चार कानूनहरु ल्याउन लागेको जानकारी दिनुभयो । सञ्चार क्षेत्रका आलोचनालाई सरकारले स्वीकार्ने उल्लेख गर्दै उहाँले प्रेसले पाठक र दर्शकप्रति आफ्नो आचारसंहिता घोषणा गरी छ–छ महीनाको त्यसको समीक्षात्मक विवरण आफँैले सूचित गनुपर्ने प्रणाली विकास गरिने बताउनुभयो ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारितालाई मर्यादित, जिम्मेवार र स्वतन्त्र कायम राख्न सरकार कानूनी तर्जुमामा लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता दिवस मनाइनु मौलिक उत्साहको पक्ष भएको बताउँदै समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले पनि योगदान गर्ने जनाउनुभयो ।

सम्मान र पुरस्कार कार्यक्रममा जनही रु दुई लाख राशिको वरिष्ठ पत्रकार सम्मान बद्रीविनोद प्रतीक र तीर्थ कोइरालालाई प्रदान गरियो भने रु एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट निर्मला शर्मा, खिलबहादुर भण्डारी, माधव विद्रोही, उमीद बागचन, डण्ड गुरुङ र मालाकुमारी कर्णलाई पुरस्कृत गरियो । सरकारले आज ‘उत्तरदायी आमसञ्चारः लोकतन्त्रको आधार’ को नारासहित दिवस मनाएको हो । नेपालमा गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानी विसं २०७३ देखि आजका दिनलाई यो दिवस मानिँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com