ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकले कानून बुझ्न जरुरी : मुख्यमन्त्री पोखरेल


admin

रुपन्देही, २३ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कानूनमा नागरिकको पहुँच बढाउनुपर्ने बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज बुटवलमा आयोजना गरेको देवानी र फौजदारीसंहिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकले व्यावहारिक हिसाबले मात्रै कानूनी प्रक्रिया बुझ्ने गरेकाले सैद्धान्तिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कानून नबुझ्नेले व्यवहारको भाषा बुझ्छन्, कानून पढेर पालना गर्ने संस्कृति बन्नसकेको छैन ।’ मुख्यमन्त्री पोखरेलले देशको कानूनबारे अनभिज्ञता क्षम्य नहुने भएकाले नागरिकस्तरमा चेतना प्रवाह गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले न्यायालयप्रति जनताको विश्वास बढाउन जरुरी रहेको बताउनुभयो । न्यायालयमा जाँदा म सुरक्षित छु भन्ने भावनाको विकास गराउनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा देवानी र फौजदारीसंहिता सम्बन्धी प्रस्तुति गर्दै जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले प्रचलित कानूनका विषयमा सरोकारवालाले जति चासो लिन्छन् त्यति नै प्रभावकारी कार्यान्वयन हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले देवानी र फौजदारीसंहिता २०७४ मा उल्लेख प्रावधानबारे जानकारी गराउँदै यसको कार्यान्वयनका लागि सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । सहभागीले न्यायिक जनशक्तिको विकास गरेर न्यायालयको भूमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सरकारले देवानी र फौजदारी संहिताको स्वामित्व लिएर कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको छ- राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com