ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा उद्यमी ढकालद्वयले बनाएको विद्यालय भवन राष्ट्रपति भण्डारीबाट हस्तान्तरण


admin
बैशाख २३, २०७६ सोमबार  २ : ३१ बजे

बागलुङ, २३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले व्यक्तिगत खर्चमा आफ्ना स्वर्गीय बुवाको स्मृतिमा विद्यालयको नयाँ भवनको निर्माण गरिदिनुभएको थियो । राष्ट्रपति भण्डारीले आज एक कार्यक्रमका बीच नवनिर्मित विद्यालय भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यसअवसरमा राष्ट्रपति भण्डारीले सोही विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थीहरुको संस्था अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ आशाको सहयोगमा बनेको अत्याधुनिक मल्टिमिडिया सेन्टरको पनि उद्घाटन गर्नुभएको छ ।


विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफु जन्मेको ठाउँको विकास गर्न युवा उद्यमी चन्द्र ढकाल र हेमराज ढकालले गरेको सहयोगको प्रशंशा गर्नुभयो । देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै भण्डारीले यसलाई जनस्तरबाट समेत साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । भण्डारीले राज्यका निकाय र सामाजिक क्षेत्रबाट प्राप्त सहयोगको सदुपयोग गर्दै विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन कटिवद्ध हुनुपर्ने धारणा राख्नुभयो । परोपकारी संघसंस्था एवं समाजसेवीले शिक्षा र स्वास्थ्यमा गरेको लगानी र सहयोग पुण्य कर्म भएको बताउँदै उहाँले यो कहिल्यै पनि खेर नजाने उल्लेख गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले आफुहरुको पहलमा स्थापित विद्यालयमा राष्ट्राध्यक्ष आउनु यस क्षेत्रका लागि गौरबको विषय भएको बताउनुभयो । नेता शर्माले निमाविसम्म रहेको विद्यालयलाई मावि बनाउने बेलामा पञ्चायतकालमा आफुले १८ वर्षे शिक्षण पेशालाई नै दाउमा राखेको स्मरण गर्नुभयो । अमलाचौर निवासी शर्मा सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुनुहुन्छ ।

This image has an empty alt attribute; its file name is 60042993_659711744475360_1689785609083682816_n.jpg


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालका स्वर्गीय बुवाको स्मरणमा स्कुलको नामलाई पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको हो । १४ कोठे विद्यालय भवन बनाउन ढकाल दाजुभाइले छ करोड १४ लाख रकम खर्चिएका छन् ।


कार्यक्रममा सांसदहरु डा. सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, व्यवसायीद्वय चन्द्र ढकाल, हेमराज ढकाल, अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ आशाका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, विद्यालयका प्रधानध्यापक प्रेमप्रसाद चागागाईं लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व्विद्यार्थी तथा गैरआवासीय नेपालीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com