ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई समृद्ध बनाएर कम्युनिष्ट आन्दोलनको नयाँ सन्देश विश्वलाई दिनुपर्छ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
बैशाख २३, २०७६ सोमबार  ७ : ५५ बजे


 काठमाडौं , २३ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन र जनवर्गीय सङ्गठन एकताबारे केही दिनभित्र टुङ्गो लाग्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन केन्द्र र कालमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले कालमाक्र्स २०१ जन्मस्मृतिका सन्दर्भमा हिजो आयोजित ‘समृद्धि र समाजवाद हामी कहाँ छौ ?’ भन्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले सबै जनवर्गीय सङ्गठनको एकता केही महीनाभित्र सम्पन्न गरी महाधिवेशन गरिने बताउनुभयो ।

सरकारको नेतृत्वका लागि मात्र दुई कम्युनिष्ट पार्टीको एकता नभएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनतालाई समृद्ध बनाएर कम्युनिष्ट आन्दोलनको नयाँ सन्देश विश्वलाई दिनुपर्छ ।” माक्र्सको राजनीतिक दर्शन, अर्थशास्त्रलगायतका चिन्तन सबै वैज्ञानिक रहेको बताउँदै उहाँले भन्नुभयो, “तत्कालीन विश्व परिवेशमा स्थापित सामन्तवाद अन्त्य गरी सामाजिक न्याय र समानताका लागि माक्र्सले कम्युनिष्ट सिद्धान्तको विकास गर्नुभएको हो ।”

विगतमा कम्युनिष्ट आदर्श अवलम्बन गर्ने क्रममा त्याग र सहयोग भेट्दा हार्दिकता साटासाट भई सुखानुभूति हुने गरेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट विचार अबलम्बन गर्नेले आचरण सुधार्न जरुरी गर्नुपर्ने समय आएको बताउनुभयो । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्गठन स्थापना भएको करीब सातदशक भएको भए पनि एकताले गर्दा अहिले बहुमत प्राप्त भएको स्मरण गर्दै राष्ट्रियता कमजोर भएको अहिलेको अवस्थामा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनको कार्यभार लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “महाकाली नदीदेखि लिम्पियाधुरासम्मको भाग नेपालको सिमाना हो, सरकारले त्यसलाई कायम गर्न अतिक्रमित जमिनबाट विदेशी सेनालाई हटाउनुपर्छ ।”

नेकपा नेता घनश्याम भुसालले विभिन्न समयमा विश्व परिवेशमा भएका ठूला क्रान्तिले स्थापित गरेको नेतृत्वले सहि दृष्टिकोण दिन नसकेर राष्ट्र र सङ्गठन सत्यानाश भएका अनुभवलाई लिएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका नेताको जीवनशैली, आम्दानी, कार्य क्षमतालाई लिएर सत्यनिरुपण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेकपाका नेताहरु राम कार्की र जयन्ती राईले जनताले आशा गरेअनुसार सामाजिक रुपान्तरण हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

सम्बन्धित

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com