ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय निकायमा जनप्रतिनिधिका डोजर


admin

काठमाडौं,२२ बैशाख । नेपाल सरकारले रु एक करोड भन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयन भएको छैन । गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष नै डोजर मालिक भएकाले सो निर्णय कार्यान्वयन नभएको हो ।

सरकारले गत फागुन १ गतेदेखि कार्यान्वयन हुनेगरी उक्त निर्णय गरेको थियो । अहिले गाउँँपालिकाका वडा नं. ७ र ८ मा पर्ने चिसापानीदेखि हात्तिगौंडासम्म मोटरबाटो चौडा गराउने काम भइरहेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत रु १५ लाख रुपैंयाको सो योजनाको काम जारी रहेको छ ।

उक्त योजनाका लागि १५ दिन अघिदेखि डोजर प्रयोग गरेर काम थालिएको छ । काम अन्तिम चरणमा पुगेको वडा नं. ८ का वडा अध्यक्ष थमान रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डोजर प्रयोग गर्ने नगर्नेबारे गाउँपालिकाले कुनै निर्णय गरेको छैन, यो बजेटको काम पनि गाउँपालिकामार्फत नै गरिएको हो ।

” वडा नं. ७ मा पर्ने बल्ढेङ्गढीको खड्केनीपोखरामा पनि हाल रु सात लाख बजेटमा बाटो निर्माणमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीकै डोजर चलिरहेको स्थानीयले बताएका छन् । बल्ढेङ्गढीकै गहतेमा पनि रु १२ लाख बजेटको बाटो अध्यक्ष कार्कीकै डोजर प्रयोग गरेर निर्माण काम गरिएको छ । दुईसाता अघि मात्र उक्त काम सकिएको छ ।

बल्ढेङ्गढीकै चिदीपानीमा रु दुई लाखको बजेटमा पनि वडा अध्यक्ष देवेन्द्र पुनका भिनाजुको डोजर प्रयोग गरेर करिब एक किलोमिटर नयाँ बाटोको ट्रयाक खोलिएको छ । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भन्नुभयो, “काम गर्ने जनशक्ति नभएकाले होला त्यसो गरिएको, कहाँ के भइरहेको छ म बुझौंला ।”

स्थानीयका अनुसार अध्यक्ष कार्की र उहाँका आफन्तका गरी आधा दर्जन डोेजरले गाउँपालिकाभित्र काम पाएका छन् । आठ वडा रहेको गाउँपालिकाभित्र अध्यक्षसहित चार वडा अध्यक्षको डोजरमा लागानी रहेको स्थानिय भुवन रायमाझिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com