ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसद्को संयुक्त बैठक सुरु नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता


एबीसी न्यूज

वैशाख, २२ काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि आजबाट प्रतिनिधिसभामा छलफल भएको छ ।

राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्का सदस्यबीच छलफल गर्ने परम्पराअनुरुप प्रतिनिधिसभामा आजबाट त्यसमाथि छलफल भएको हो । छलफल केही दिन जारी रहने छ ।

संसद् सचिवालयका अनुसार, नीति तथा कार्यक्रममाथि विभिन्न ६ वटा संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकलगत्तै संशोधन दर्ता गराएको छ । कांग्रेसले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली संशोधनलाई जोडतोडका साथ उठाएको छ । त्यस्तै, प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम ल्याइएको भन्दै त्यसलाई परिमार्जन गर्न पनि उसले माग गरेको छ ।

कांग्रेसले सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्ने गरी कार्यक्रमगत प्रष्टता नभएको टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र आवश्यक परिमार्जनसहित संसद्बाट पारित गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com