
काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले सबै किसिमका तरलता समाप्त भइ शान्ति र स्थिरता कायम भएकाले भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको बताउनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सरकार थप सुदृढ र समुन्नत बन्दै गएको बताउनु भएको हो ।
गएको वर्ष तथ्य र तथ्यांकमा आधार रहेर ल्याइएको नीति कार्यक्रम अनुसार नै सरकार सञ्चालन भइरहेको बताउनुभएको छ ।
मौलिक हक तथा विभिन्न ऐन कानुनहरु निर्माण गरिएकाले संविधान कार्यान्वयन गराउने सवालमा सरकार सफल भएको पनि उहाँले बताउनुभयो । अहिलेको सरकारको प्रयासले नै पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको भन्दै देश समृद्धितर्फ अग्रसर भएको पनि उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्