ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुकार गुटखामा व्यापक राजस्व छली, सरोकारवाला मौन


एबीसी न्यूज



लहान ,१९ वैशाख ।  पुकार तथा गुटका स्वाथ्यका लागि हानीकारक छन् । यसमा पनि नक्कली र कमसल गुटखाले मानव शरीरमा नकरात्मक असर दिन प्रतिदिन बढ्दै गएको छ । यस्ता गुट्खाहरुको सेवनले ज्यान गुमाउनेहरुको संख्या दिनदिनै बढ्दो छ ।

यस्ता कमसल तथा राजस्व छलीको गुटखा महेन्द्र चौक , पिरारी चौक, कल्याणपुर , राजबिराज , कठैना , बजारमा व्यापक फेला परेको छ । उता, आन्तरिक राजस्व कार्यालय लहान कानमा तेल हालेर मस्त निन्द्रामा सुतेका छन् । गाइघाट , महेन्द्रनगर , जनकपुर , कठैना,कल्याणपुर , गोलबजार , मिर्चैया , ठाडि बजारहरुमा गुटकामा व्यापक राजस्व छली हुँदा आन्तरिक राजस्व कार्यालय बेखबर छन् । बजारमा यत्तिबेला दुई किसिमको पुकार गुटका देखापरेको छ ।

एउटा प्याकेटमा आन्तरिक राजस्व कार्यालयको स्टीकर लगाइएको छ । अर्को पुकार गुटखामा विना स्टीकरको सप्तरी , धनुषा , सिरहा आदि सबै जिल्ला  व्यापक विक्री भइरहेको छ । यसवारे आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क गर्दा — सबै ठाउँमा हामी पुग्न नसकिएको कारण केही व्यापारीले यस्ता धन्दा चलाइरहेको छ । यसको खोजतलास गर्न हामी सक्रियता देखाउँने दावी गरेका छन् । भारतबाट यस्ता गुटखा भन्सार छली गरेर नेपाल भित्रियाउँने गरेको छ । नेपालमा पनि यस्ता गुटका चोरीलुकी व्यापक बनाउँने गरेको छ ।

गुटखा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुटकामा राजस्वको स्टीकर लगाउँने गरेको छ भने अधिकतम गुटखामा स्टीकर नलगाउँने गरेको लहान उद्योग वाणिज्य सँघमा आज व्यापारीहरु छलफलमा यस्तो कारोबारको खुलासा भएको छ । राजस्व छली हुन नदिन तथा नक्कली कमसल गुटखा विक्री वितरण नगर्न लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य केही व्यापारीलाई सचेत गराएका छन् ।

राजस्व छली, अखाद्य, म्याद नाघेको, नक्कली मालसमान खरिद विक्री नगर्न  यसको लागि लहान नगरपालिकाले सचेतनामुलक कार्यक्रम ल्याउँन व्यापारी रमेश मुरारकाले बताए । बजारमा ९० प्रतिशत पेय पदार्थ म्याद नाघेको बिक्री वितरण भइरहेको व्यापारीहरुको छलफलमा सो खुलासा भएको छ ।  नेपालमा पेय पदार्थको अवधी तीन महिना मात्रै तोकिएकोले व्यापारी र उपभोक्ताले त्यसप्रति खासै ध्यान नदिइ खाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com