ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
बैशाख १७, २०७६ मंगलबार  २ : ५६ बजे

काठमाडौँ, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।” प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई आज पार्टीमा स्वागत गर्दै उहाँले संविधानलाई जीवन्त दस्तावेजको संज्ञासमेत दिनुभयो ।

अध्यक्ष दाहालले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधनका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रक्रिया शुरु गरिने बताउनुभयो । सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तराई मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्गको काम पनि अघि बढेको छ ।” उहाँले तराई मधेशमा सरकार मधेशी जनताको हित अनुकूल नचलेको बताउनुभयो । “तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ”, उहाँले भन्नुभयो । प्रदेश नं २ मा रहेर राजनीति गरिरहेका मधेश तराई पार्टीका अध्यक्ष अमर यादवले नेकपामा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, सशस्त्र द्धन्द, मधेश आन्दोलन एवं आदिवासी, जनजातिलगायत अधिकार प्राप्तिका लागि सङ्घर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात् गर्ने बताउनुभयो । कार्यक्रममा सो पार्टी नेकपामा समाहित भएको अध्यक्ष यादवले घोषणा गर्नुभयो । नवप्रवेशीलाई अध्यक्ष दाहालले माला र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com