
ल्हासा , १७ वैशाख । राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासा पुग्नुभएको छ ।
राष्ट्रपति भण्डारी आज बिहान बेइजिङबाट एयर चाइनाको विमान हुंदै ल्हासा विमानस्थलमा अवतरण गर्नुभएको हो ।
ल्हासा विमानस्थलमा राष्ट्रपतिलाई तिब्बत सरकारका उपप्रमुखले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिसंगै रहेको नेपाली प्रतिनिधिमण्डल पनि ल्हासा पुगेको छ । भण्डारीले आज दिउ“सो ल्हासा रहेको नेपाली महावाणिज्य दूतावासको बन्दै गरेको नयां भवनको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सांझ चिनिया कम्युनिष्ट पार्टीका तिब्बत पार्टी सेक्रेटरीले राष्ट्रपति भण्डारीलाई ल्हासा होटलमा भेट्ने कार्यक्रम पनि छ । यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिङपिङबीच हिजो शिष्टाचार भेटवार्ता सम्पन्न छ ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा चिनिया राष्ट्रपति सि जिङपिङले नेपालको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो ।
राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, सामाजिक व्यवस्थाप्रति सधैं सम्मान व्यक्त गर्दै नेपालको नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रद्धिवद्ध रहेको दोहो¥उनुभएको थियो । राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा आग्रह समेत गर्नुभएको छ । नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि पहिलो पटक नेपाल र चीनका राष्ट्रपतिबीच दुई पक्षीय औपचारिक भेटावार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्