ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीद्धारा, शिक्षा क्षेत्रमा हुने हिंसाविरुद्ध अभियान


एबीसी न्यूज
बैशाख १३, २०७६ शुक्रबार  ६ : ४५ बजे

काठमाडौँ, १३ वैशाख । नेपाल प्रहरीले शिक्षा क्षेत्रमा हुन सक्ने अभद्र व्यवहार तथा हिंसाका घटना रोक्न विशेष अभियान थालेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आजदेखि काठमाडौँबाट उक्त अभियान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सबाट राष्ट्रव्यापी अभियान शुभारम्भ गर्नुभयो । सुरक्षित वातावरणमा मात्र बालबालिकाको शैक्षिक विकास सम्भव रहेकाले बालबालिकाको सिकाइ प्रभावकारी बनाइ स्वच्छ समाज निर्माणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै पर्चा पम्प्लेट वितरण गर्ने, प्रहरीको उपस्थितिमा विद्यार्थीलाई सुरक्षा सम्बन्धीका विभिन्न क्रियाकलापमा सहभागी गराउने, छात्रा लक्षित हिंसा तथा साइबर अपराधका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारीको अवधारणा र विकासको औचित्यबारे प्रष्ट पार्र्दैै उहाँले बढ्दै गइरहेको सामाजिक विचलन, विकृति र विसङ्गति सुरक्षा व्यवस्थापनको चुनौतीका रुपमा देखा परेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले प्रहरी विद्यालय सम्पर्क कार्यक्रमलाई सघनरुपमा कार्यान्वयन गर्ने समुदायको सहयोगको आवश्यकता रहेको बताउनुभयो । किष्ट कलेजका प्रिन्सिपल डम्मरसिंह ऐरले प्रहरीले सञ्चालन गर्न लागेको अभियानमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com