ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षदेखि अलपत्र विष्णुमती, सडकको काम नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध


एबीसी न्यूज


s curve road

काठमाडौं, १० वैशाख ।  भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ । डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् ।

अरु साना सडक पनि बेलाबखत अबरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सडकको चौडाइ ८.५, सडकको पूर्वतिर पैदलमार्ग १.५ मिटर र नदीतिर बगैँचा बनाउनुपर्ने थियो । शहरको भित्री भागमा पानी ल्याउन प्रयोग गरिने यो सडक बन्द हुँदा स्थानीयवासीले पिउने पानी नपाएर समस्या हुने गरेको महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो ।

यो सडकले नदी पूर्वतिर महानगरपालिकाको १८, १९ र २० वडालाई छुन्छ । पूर्वतिरको भागको बाटो हाल अवरुद्ध रहेकाले धेरै समस्या भएको जनप्रतिनिधिको गुनासो छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कोरिडोर निर्माणको ठेक्का लगाएको हो । महानगरपालिका–१८ स्थित विष्णुमती नदी किनारको सार्वजनिक जग्गा मिचेर टहरा बनाइ बसेकालाई अझै समितिले हटाउनसकेको छैन भने कङ्केश्वरी पुलमुनिको सडकमा हालिएको ढलका कारण ठूला सवारी साधन छिर्न नसक्ने भएको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो । समितिले सडक छिटो निर्माण गर्न पहल नगरेको स्थानीयवासीको गनासो थियो ।

करोडौँको ठेक्का लिने निर्माण व्यवसायीले हप्तामा एक दुई कामदार ल्याएर काम गरेजस्तो गरी झुलाइ राख्ने गरेको जनप्रतिनिधिको भनाइ थियो । विसं २०७१ मा समितिले लुम्बिनी, गौरी पार्वती, कन्टेक जेभीलाई रु ६७ करोडमा ठेक्का दिएको थियो । उक्त आयोजनाको हालसम्म दुई पटक म्याद थपिएको छ । आउँदो असारसम्म ९० प्रतिशत काम सकिने आयोजनाका इञ्जिनीयर इन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com