ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केटी जिस्क्याएको निहुँमा हत्या


एबीसी न्यूज


काठमाडौं, १० वैशाख । पाँच वर्षअघि हत्याको घटनामा संलग्नको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२०७० कात्तिक १२ गते पथरी शनिश्चरे नगरपालिका– ६ का ३२ वर्षका पारा भनिने हैकमसिंह मगरको हत्या आरोपमा आइतबार प्रहरीले स्थानीय रुद्र आङ्देम्बेलाई पक्राउ गरेको छ ।

प्रेमिका जिस्काएको आरोपमा विवाद भएपछि २६ वर्षका आङ्देम्बे सहितको समुहले मगरमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले बताएको छ । मगर बोल्न सक्दैन थिए । तर राति तिहारमा हिँडाउने नाँचको ‘रिहर्सल’ गर्ने क्रममा विवाद हुँदा उनको ज्यान गुएको हो । घटनापछि फरार रहेका आङ्देम्बे सोही दिन राति मधुमल्ला पुगेका थिए । भोलिपल्ट भागेर भारत पुगेका उनी आइतबार पक्राउ परेका हुन् । उनी गाउँ फर्किएका बेला आइतबार बिहान ८ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

प्रहरीका अनुसार मगरको हत्या ९–१० जनाको समूहले गरेको हो । हत्यामा संलग्न अन्य फरार छन् । पाँच वर्षपछि रुद्र पक्राउ परेपछि अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताएको छ । तत्कालिन समयमा प्रहरीले मगरको हत्यामा प्रयोग भएको रगत लागेको खुकुरी र कपडा आङदेम्बेको घरबाट बरामद गरेको थियो । तत्कालिन शनिश्चरे नगरपालिका– ६ सिसिसे डाँडाको ९हाल पथरी शनिश्चरे नगरपालिका–७० को स्थानीय क्लबले तिहारमा देउसी भैलो कार्यक्रमका लागि रिहर्सल आयोजना गरेको थियो । साँझ गरिएको रिहर्सलमा नृत्य सिक्नेबाहेक हेर्ने दर्शकहरु पनि आउथे । सोही क्रममा रुद्रको प्रेमिकालाई केही व्यक्तिले जिस्क्याएपछि विवाद सुरु भयो । विवाद बढ्दै जाँदा सुरु भएको झगडाको घानमा मगर परे । युवती जिस्क्याउने समूह भागेपछि बोल्न नसक्ने मगरमाथि कुटपिट गर्दै खुकुरी प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।

घटनापछि भागेका रुद्र भारतमा लामो समय बसेका थिए । भारतमा लामो समय लुकिछिपी बसेका रुद्रले नाम परिवर्तन गरी युनिक लिम्बु राखेका थिए ।

घटनापछि आफ्नो परिचय नै फेरका उनी कतार पनि पुगेको प्रहरी बताउँछ । कतारबाट फर्किएपछि उनले विवाह पनि गरेको प्रहरी बताउँछ ।ठाउँ परिवर्तन गरी लुकिछिपी बस्दै आएका रुद्रलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com