ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलैया दूधको सहर


admin
आश्विन २४, २०७४ मंगलबार  १ : २२ बजे

वीरगञ्ज, असोज २४ । प्रदेश नं २ अन्तर्गत रहेको बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम कलैयालाई दूधको सहर (मिल्क सिटी )को रुपमा विकास गर्ने नीति अघि सारेको छ ।

दैनिक एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको सदरमुकाम कलैया वरपरको करिब १० किलोमिटर क्षेत्रलाई दूधको सहरको रुपमा विकास गर्ने योजना रहेको कार्यक्रम रहेको वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले बताउनुभयो ।

गाई भँैसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि जिल्लाका किसान दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएका छन् । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा आव २०७३÷७४मा २४ प्रतिशतले कृत्रिम गर्भधान बढेको छ । जिल्लामा करिब ७० हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् ।

जिल्लामा आव २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाखको छ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको थियो । जिल्लामा दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक ४० हजार लिटर दूध हेटाँैडा, काठमाडौँ, पोखरा, विराटनगर, सप्तरीलगायत ठाउँमा बिक्री हुन्छ । करिब २२ प्रतिशत दूध स्थानीय बजारमा, मिठाई पसल तथा चिया पसलमा खपत हुन्छ ।

यसैगरी, जिल्लामा उत्पादन भएको रु पाँच लाख मूल्यको १० हजार लिटर दूध दैनिक भारतीय बजारमा बिक्री गरिन्छ । जिल्लामा अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार मूल्यको छ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो । कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण, दूध प्रशोधन, सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्याँस निर्माण, साइनो कीट निर्माण, डेरी सुधार तथा घाँस बाली उत्पादन गर्न अनुदान दिन थालेको छ ।

जिल्लामा ४० वटा डेरी उद्योग रहेको छ । गाई भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशुसेवा कार्यालयले ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमै पशुसेवासम्बन्धी प्याकेज कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com