ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७६ सालमा ६ राशिलाई पर्दै छ महाँसंयोग


एबीसी न्यूज

२०७६ सालको पहिलो दिन नै सूर्यको राशी परिवर्तन परेको छ। नयाँ वर्षको दिन बिहान ७ बजेर ५५ मिनेटबाट सूर्य आफ्नो उच्च राशी मेषमा हुनेछन्।

सूर्यले मिन राशिबाट मेष राशिमा प्रवेश गर्दा महासंयोग बन्ने गर्छ। मेष राशि सूर्यको उच्च राशि रहेको छ। जस कारण राशि चक्रमा ठूलो असर पर्न जाने हुन्छ।

ज्योतिषहरुका अनुसार सूर्यले लामो समय पश्चात आइतवारका दिन राशी परिवर्तन गर्न गईरहेको छ। आइतबार सूर्यकै बार पनि हो। यहि दिन मर्यादा पुरुष भगवान श्री रामको जन्मदिन पनि रहेकाले सूर्यले राशी परिवर्तन गर्दा महासंयोग बन्न जाने हुन्छ।

मेष राशी

मेष राशी भएकाहरुका लागि सुर्यले हरेक क्षेत्रमा सफलता दिलाउने छ। विशेषगरी यस राशिले पाँचौं भावको सिंह राशी स्वामी भई उच्च राशिमा परिवर्तन गर्न लागेको हुदा पत्रकारिता , राजनीति एवम अन्य क्षेत्रमा प्रसस्त लाभ पुर्याउने देखिन्छ।

वृष राशी

सुर्य वृष राशिको बाह्रौं भावमा रहने भएको हुदा सुर्यले आँखा तथा कम्मर संग सम्बन्धित समस्या देखिन सक्छ। सुर्यको राशी सिंह चतुर्थ भावमा रहने छ। जसका कारणले आय भन्दा व्ययको मात्रा अधिक मात्रामा बढेर जान सक्ने तथा विभिन्न समस्याको सामना गर्नु पर्ने स्थिति सिर्जना हुन सक्नेछ।

मिथुन राशी

मिथुन राशी हुनेहरुका लागि सुर्यले कार्यबल वृद्धि गर्ने , हरेक कार्यमा सफलताको मार्ग निर्देश गर्ने , धर्म कर्ममा मन लाग्ने तथा अन्य थुप्रै लाभ हुने देखिन्छ।

कर्कट राशी

कर्कट राशी हुनेहरुको लागि यस समयमा सुर्य कर्कट राशिको दशौँ भावमा प्रवेश गर्दै छ जसले मुटु तथा कम्मर सम्बन्धि समस्या देखिन सक्छ। यसका साथै सानातिना कुरामा सफलता प्राप्त हुनेछ तर पनि यस राशी भएकाहरुले एक महिनाको अवधिभर पूर्ण सावधानी अपनाउनु पर्ने देखिन्छ किनकि कर्कट राशी जलको हो जबकि सुर्य अग्नि तत्वको भएकाले बिशेष सतर्क रहन आवश्यक छ।

सिंह राशी

नवौं स्थानमा रहने सुर्यले यस पटक सिंह राशी भएकाहरुको भाग्य उदय गर्ने छ। धर्मकर्म , भुमि , बाहन तथा अन्य क्षेत्रमा लाभ दिने छ। सरकारी क्षेत्रमा बिशेष सफलता हात लागि हुने समय रहेको छ।

कन्या राशी

आठौँ स्थानमा रहेको सुर्यले कन्या राशी भएकाहरुको गुप्त योजनामा लाभ हुने , धन संचय हुने ,साथै बाणी तथा विदेश यात्राका लागि समेत योग हुन सक्ने छ।

तुला राशी

यस राशी हुनेहरुका लागि सुर्यले सातौं स्थानमा प्रवेश गर्ने छ। जसले कार्यमा सफलता मिल्नेछ , मनमा द्विविधा छाउनेछ , टाउको दुखाई सम्बन्धि समस्या देखिन सक्नेछ। तथापी चन्द्र मजबुत पार्नका लागि अत्यधिक पानीको सेवन गर्नु आवश्यक रहने छ।

वृश्चिक राशी

सुर्यको राशी परिवर्तनले यस राशी हुनेहरुका लागि राज्यक्षेत्रमा लाभ , कर्यक्षेत्रमा लाभ , नोकरीमा लाभ तथा अन्य थुप्रै क्षेत्रमा लाभ तथा सफलता मिल्ने देखिन्छ। साथै सरकारी रोजगारीमा लागेकाहरुको लागि पदोन्नति समेत हुन सक्ने देखिन्छ।

धनु राशी

धनु राशी हुनेहरुका लागि सुर्यको पाँचौं भावको प्रवेशले सन्तान , बिद्या एवम बुद्धिमा फाइदा पुर्याउने छ। साथमा लामो दुरीको यात्रा हुन सक्ने , तथा धन लाभ हुने समेत सम्भावना रहेको छ।

मकर राशी

मकर राशी हुनेहरुका लागि सुर्यले भुमि , भवन तथा पिताको तर्फबाट लाभ हुनेछ। अधुरा रहेका कार्यहरु पूर्ण भएर जानेछन। मित्र धोका हुन सक्छ सावधान रहनुपर्ने छ। तथा मुटु सम्बन्धि समस्याले सताउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

कुम्भ राशी

कुम्भ राशी हुनेहरुका लागि सुर्यले पराक्रम वृद्धि गर्ने , धर्मकर्ममा लाभ हुने , मित्रको तर्फबाट लाभ हुने तथा नोकरीमा पदोन्नतिको योग रहने छ।

मिन राशी

मिन राशी भएकाहरुका लागि सुर्य धन तथा बाणीमा लाभ दिनसक्ने राशी साबित हुनेछ। यसका साथै गोप्य योजना प्रभावकारी ढंगमा सफल हुने , तथा विदेश यात्राका लागि समेत शुभ हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com