
काठमाडौं, २८ चैत्र । गुल्मीमा आज विहान भएको जीप दुर्घटनमा पूर्वसांसदसहित दुई जनाको ज्यान गएको छ ।
जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।
भण्डारी २०४८ सालमा गुल्मी –३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। जीप सडकबाट १ सय मिटरभन्दा तल खसेको थियो। दुर्घटनामा अन्य ८ यात्रु घाइते भएका छन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्