ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बर्ड फ्लू’ संक्रमण : जंगली पन्छी कागमा पनि संक्रमण भएको पुष्टि, मासु कसरी खाने ?


एबीसी न्यूज


काठमाडौं,२५ चैत । काठमाडौंसहित मकवानपुर, मोरङ, सर्लाही, विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण पुष्टि भएलगत्तै कुखुराको मासु खान हुन्छ कि हुँदैन भनेर उपभोक्ता अलमलमा परेका छन् । यसअघि ब्रोइलरसँगै टर्की, हाँस, लयर्सलगायत घरपालुवा पन्छीमा देखिँदै आएको यो संक्रमण जंगली पन्छी कागमा समेत पुष्टि भएपछि उपभोक्ताहरु थप सशंकित बनेका हुन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर यसको संक्रमणबाट झण्डै ६ सय मानिसले ज्यान गुमाएका छन् । नेपालमा भने अहिलेसम्म त्यस्तो घटना नभएको पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले बताउनुभयो । जंगली पन्छी कागमा पनि संक्रमण भएको पुष्टि भएकोले थप सजगता भने अपनाउनुपर्ने उहाँको सुझाव छ ।

बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ।

बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ। यो रोग मानिसमा पनि सर्न सक्छ। यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो। बर्ड फ्लूको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६ औं मुलुक हो नेपाल। थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको छ। खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ। बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ। वा पानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ। कुखुराको मासु ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा रोग लाग्दैन।

बर्डफ्लूको भाइरस ७० देखि ७५ डिग्री सेन्टिग्रेडभन्दा माथि बाँच्न सक्दैन । मासुलाई १ सय डिग्री सेल्सियसभन्दा माथि तापक्रममा उमाल्ने भएकोले खाने मान्छेलाई त्यति असर नगर्ने पशु डाक्टरहरुको भनाइ छ । तर, मासु पकाउने, काट्ने, ओसार्ने र फार्ममा काम गर्ने मान्छेलाई यसको संक्रमण हुने गर्छ ।

मासु किन्दा स्वच्छ छ कि छैन भनेर छुट्याउन सकेको खण्डमा यसबाट बच्न सक्ने पशु डाक्टरहरु बताउँछन् । मासु पकाइसकेपछि संक्रमित मासु पनि खान योग्य हुन्छ । भान्सामा कुखुरा वा अन्य जनावरको मासु धोइपखाली नगर्ने तथा पकाउने भाडाकुँडा औजार अचानोहरू अन्य खाले तरकारीजन्य सामग्री तयार गर्न प्रयोग नगर्नु नै वेश हुन्छ ।

रोगको लक्षण

कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो― र्‍यापिड टेस्ट। यो टेस्टको सुविधा देशका पाँच विकास क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ। यसबाट ए समूहको भाइरस हो कि होइन पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान हो, होइन पत्ता लाग्छ।

बर्ड फ्लूको विषयमा वैज्ञानिकहरूले समेत सबै कुरा पत्ता लगाइसकेका छैनन्। यसको सङ्क्रमणबाट बच्ने टामी फ्लू भन्ने औषधि आएको छ,जुन प्रायः र्‍यापिड रेस्पोन्स टोलीमा खटिनेहरूलाई दिइन्छ। पोल्टी फार्म वा घरमा पालिएकाकुखुरामा र्‍याल–सिंगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासित रूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकहरूलाई खबर गरिहाल्नु पर्दछ। मरेका कुखुरालाई नाङ्गो हातले छुनु हुँदैन, खोरमा जाँदा माक्स र ग्लोबहरू लगाएर जानुपर्दछ र फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्दछ। कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने भएकाले यो मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण छर तत्काल नियन्त्रण गरिएन भने महामारीको रुप लिनसक्छ।

कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो― र्‍यापिड टेस्ट। यो टेस्टको सुविधा देशका पाँच विकास क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ। यसबाट ए समूहको भाइरस हो कि होइन पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान हो, होइन पत्ता लाग्छ।

सावधानी
तपाईं बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।

आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरुको छेउछाउमा जान नदिनोस् ।

कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस ।

तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गरि जानुहोस ।

यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिड्नुहोस ।

बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन सक्छ, अहिलेसम्म मानवमा बर्डफ्लू (avian influenza virus H५N१) सरि सकेपछि उपचार गर्ने विधि नेपाल भित्रिइसकेको छैन

मासु कसरी छान्ने ?

संक्रमित मासु र स्वच्छ पशुपन्क्षीको मासु सोझै छुट्याउन सकिन्छ । बर्ड फ्लूले संक्रमित कुखुराको मासुमा रगतका थोप्लाहरु देखिन्छ । त्यस्तै निलो भएका, सिउर र खुट्टामा निलडाम देखिएकालगायत फरक लक्षण भएका कुखुराको मासु उपभोग गर्न नहुने पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेको सुझाव छ ।

अण्डामा पनि संक्रमण ?

कुखुराको अण्डाको बाहिरी भागका साथैभित्रको सेतो तथा पहेंँलो भागमा पनि यो भाइरस हुन्छ । अण्डाको पहेँलो भाग पनि कडा हुने गरी पकाएको वा उसिनेको खण्डमा भाइरस निस्क्रिय हुो विज्ञहरुको भनाइ छ । तर आधा उमालेको वा काँचै अण्डा भने खान हुँदैन । अण्डाको बाहिरी भाग राम्रोसँग निर्मलीकरण गरेपछि प्रयोग गर्नुपर्ने डाक्टरको सुझाव छ ।

के बजारमा अस्वस्थ मासु छ ?

जहाँ संक्रमण छ, त्यहीँ कुखुरा तथा पन्छी नष्ट गर्ने गरिएकोले बजारमा अस्वस्थ कुखुराको मासु सम्भवत नभएको पशु सेवा विभागको दाबी छ । किसानलाई कुखुरा नष्ट गरेवापत क्षतिपूर्ति समेत उपलब्ध गराईएकोले स्वस्थ कुखुराको मासु मात्रै बजारमा पाइने विभागका उपमहानिर्देशक काफ्लेले बताउनुभयो ।

तर, मासु किन्दा भने स्वस्थ कुखुरा हो या होइन भनेर उपभोक्ताले छुट्याउनु पर्ने उहाँले बताउनुभयो । अहिले संक्रमित ठाउँमा ४२ दिनभित्रसम्म कुखुरा पालन गर्न र त्यससम्बन्धी कारोबारमा गर्न समेत रोक लगाइएको छ । यसले संक्रमण नभएका कुखुराहरु मात्रै बजारमा आउन सहयोग पुग्ने विभागकी उपमहानिर्देशक सम्झना काफ्लेले बताउनुभयो ।

‘डीप फ्रिज’ मा राखेर भाइरस मर्दैन

डाक्टरहरुको भनाइअनुसार ‘डी फ्रिज’ मा राखेको मासु उपभोग गर्न लायक हुन्छ । ‘डीप फ्रिज’ मा राखेको मासुमा चिसोले मर्ने जिवाणु मर्ने र पकाएपछि तातोले मर्ने जिवाणु मर्ने चिकित्सकहरुको तर्क छ । तर, बर्ड फ्लूको भाइरस ‘डीप फ्रिज’ मा राख्दा झन सक्रिय हुने पशु उपमहानिर्देशक काफ्लेको भनाइ छ । धेरै ठाउँमा पछिल्लो समय ‘डीप फ्रिज’ को उपलब्धता भए पनि यो भाइरस चिसोमा झन सक्रिय हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com