ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘टिक टक’माथि प्रतिबन्ध लगाउन आदेश


एबीसी न्यूज


काठमाडौं,२१ चैत । सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ ।
खाना खाँदादेखि कार्यालयमा काम गर्दासमेतका टिकटक बनाएको पाइन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटकले मनोरञ्जन तथा अभिनयको लागि मात्र नभएर यसको बेफाइदा पनि
छ । गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक भएको तथा जो कसैलाई फलो गर्न सक्ने ‘मेसेज’ गर्न सक्ने छ ।
टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामग्रीले भरिएको छ । यसमा कुनै ‘फिल्टर’ गरिएको हँुदैन, त्यसैले कुनै पनि सामग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै असुरक्षित छ ।
गुगलले यो एप तीन वर्ष उमेरभन्दा माथिले मात्र चलाउन पाउने प्रष्ट गरेको छ, तर यो नियमको पालना भएको पाइँदैन । अभिभावकले नै बच्चाहरुको भिडियो बनाएर टिकटकमा राखिदिने गरेका छन् । बीबीसीका अनुसर सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीले अश्लील सामग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा सर्तका आधारमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । तर पछिल्लो समयमा मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ ।

इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।

अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग गरेको छ । टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री पनि उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com