ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालीन आयुक्त पाठकविरुद्ध मुद्दा दायर


एबीसी न्यूज
चैत्र १२, २०७५ मंगलबार  ७ : ५७ बजे

काठमाडौँ, १२ चैत ।  पदको दुरुपयोग गरेर गैरकानूनी क्रियाकलाप गर्ने संवैधानिक आयोगका आयुक्तको पद समेत धरापमा पर्दोरहेछ भन्ने कुराको पुष्टि भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै रु ७८ लाख घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेपछि सो कुराको पुष्टि भएको हो । 

भ्रष्टाचार नियन्त्रण गर्ने निकायको आयुक्त नै घुस प्रकरणमा तानिनुभएको यो पहिलोपटक हो । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको उजुरी मिलाइदिने भन्दै पाठकले घुस लिएको श्रव्यदृश्य सामग्री केही समय पहिले सार्वजनिक भएको थियो । उक्त सामग्री सार्वजनिक भएपछि पाठकले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । 

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार विचाराधीन उजुरीलाई मिलाइदिने भनी तत्कालीन आयुक्त पाठकले सोही कलेजका सञ्चालकसँग घुस लिएको ठहरसहित आज मुद्दा दायर गरिएको हो । कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानेसँग घुस लिएका विषयमा प्राप्त भएको श्रव्यदृश्य सामग्रीसमेत आयोगले अदालतमा पेश गरेको छ । 

भ्रष्टाचार नियन्त्रण गर्ने निकायका आयुक्त नै घुस लिएको भन्ने विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उजुरीका रुपमा दर्ता गरी आयोगले छानविन गरेको थियो । उजुरी छानविन हुँदा तत्कालीन आयुक्त पाठकले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने घुस लिएको देखिएको थियो । 

अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाटसमेत पुष्टि भएको देखिएको भन्दै आयोगले पाठक र कलेज सञ्चालक न्यौपाने दुवैलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ । सो प्रकरणसँग जोडिएका पाठकका भाई शुभनारायणले घुस लिएको भनिएको रु १५ लाख नेपाल इञ्जिनीयरिङ कलेजसँग सम्बन्धित नरहेको भन्दै थप अनुसन्धान गर्ने आयोगले निर्णय गरेको छ । उक्त घुस रकम नयाँ कलेज सम्बन्धनका लागि लिएको भन्ने सम्बन्धमा थप अनुसन्धान गर्ने निर्णय गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । 

यस्तै आयोगले धनुषाको घाँसेबारी बीउबिजन प्रयोगशालामा, कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीले रु ४० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत उहाँहरुले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आज आयोगले पक्राउ गरेको हो । आरोपी दुवैको थप अनुसन्धान भइरहेको छ । 
––– 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com