ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी


admin

नगरकोट, २२ असोज ।  चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् ।

नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार छौँ व्यवसायीको भनाइ छ ।
सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापालाई निर्वाचित भएपछि पर्यटन व्यवसायको अवस्थाका बारेमा जनप्रतिनिधिले बुझ्छन् होला भन्ने लागेको थियो । तर उहाँलाई असोज १ गते बुकिङ गरेका पर्यटकले फोनमार्फत प्रवेश शुल्कका बारेमा सोधेपछि छक्क परेको उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ, “पर्यटक शुल्क लिने निर्णय गरेको पर्यटन व्यवशायीलाई नै थाहा भएन ।”

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा भन्नुहुन्छ, “भक्तपुरबाट नगरकोट पुग्ने दुई सडक मर्मत गरिएको छैन जसले गर्दा पर्यटककको संख्या घटेको छ ।” यही अवस्थामा नगरपालिकाले गैरजिम्मेवारीपूर्ण तरिकाले पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको छ । यसले नगरकोटको पर्यटनमा ठूलो धक्का लागेको छ ।

सडक, पानी र फोहर व्यवस्थापनका पक्षमा कसरी अगाडि बढ्ने भन्ने सल्लाह नगरी पर्यटक प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी मारमा परेको समितिका उपाध्यक्ष नवीन गुरुङ बताउनुहुन्छ ।

नगरकोटका पर्यटन व्यवसायीको एउटै आवाज छ, तत्काल प्रवेश शुल्क उठाउन रोकियोस् । बरु पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीसँग नगरपालिकाले समन्वय गरेमा सक्दो सहयोग गर्नेछौँ ।

चाँगुनारायण नपाको गत असारमा सम्पन्न नगरसभाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने निर्णय गरेको थियो । सोही निर्णयानुसार नपाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने गरी रु ५१ लाखमा टेण्डर स्वीकृत गरेको थियो ।

ठेकेदारले दक्षिण एसियाली मुलुकका नागरिकसँग प्रतिव्यक्ति भ्याटबाहेक रु २००, तेस्रो मुलुकका पर्यटकसँग भ्याटबाहेक रु ३०० प्रवेश शुल्क लिन थालेको छ । ठेकेदारले नगरकोट मुख्य नाका भक्तपुर नगरकोट सडकको तेलकोट र भत्क्यापाटी, थाकलमठ, कलमसीमा पोस्ट खडागरी पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेका छन् ।

समितिका पूर्वअध्यक्ष रामशंकर ध्वोजुले नगरकोटमा आएर सूर्योदय, सूर्यास्त र हिमाल हेर्नेबाहेक पर्यटकका लागि अरु केही सुविधा छैन, एउटा बसपार्क छैन, होटल बाहिर आउँदा पर्यटकलाई शौचालयको समस्या छ भन्नुभयो । यसरी पूर्वाधारको विकासबिना नपाले एकलौटी शुल्क लिँदा नगरकोटकै बद्नाम भएको उहाँको भनाइ छ ।

“नगर परिषद्बाटै पर्यटक प्रवेश शुल्क लिने निर्णय भएको हो”– चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रको भनाइ छ । “त्यसैले तत्काल म एक्लैले केही गर्नसक्ने अवस्था छैन ।” प्रमुख मिश्रले नगरकोटमा पर्यटन विकासकै लागि शुल्क लिइएको दाबी गर्दै त्यसमा सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

नगरकोटमा हाल करिब ६० वटा ठूलासाना होटल सञ्चालनमा छन् । त्यस्तै १०० को हाराहारीमा रेस्टुराँ तथा फास्टफुड पसल छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या

सम्बन्धित

स्वीस बैंकमा रहेको नेपालीहरुको बचत घट्दै : स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

अर्थमन्त्री शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई

सुनको भाउ तीन सयले बढ्यो, चाँदीको भाउ कति ?

मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, ५ भाग्यमानीले पाए ११ कित्ता, यसरी हेर्नुहोस् रिजल्ट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com