ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीको मूल्यमा दोब्बर वृद्धि


admin

विराटनगर, २२ असोज ।  चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।

कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यापारी बताउँछन् ।

नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएको छ । पहाडी जिल्लाबाट आयात गर्दा ढवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको तरकारी व्यवसायीहरु बताउँछन् ।

बाढी आउनुअघि प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० छ भने रु ३० पर्ने आलु रु ६० पुगेको छ । यस्तै रु ४० प्रतिकिलो पर्ने गोलभेँडा रु ६० देखि ७०, रु ५० प्रतिकिलो पर्नेे रामतोरिया अहिले रु ८०, प्रतिकिलो रु २५ पर्नेे घिराँैला रु ४० देखि ५० तथा रु ३० प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले रु ६० पुगेको छ ।

यस्तै प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० मा पुगेको छ भने रु ७० पर्ने फूलकोभी अहिले रु १२५ मा सर्वसाधाराणले खरिद गरिरहेका छन् ।

बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाइ तरकारीमा खर्चगर्नु परिरहेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बताउनुभयो ।

विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन् ।

माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुशी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्तालाई चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com