काठमाडौं,९ चैत । बलिउडकी अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छन् । उनी नेपाली युवक रोहन श्रेष्ठसँग लामो समयदेखि प्रेमसम्बन्धमा थिइन् । उनी शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारकोसमेत अनुमति पाइसकेकी छन।
उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ । रोहनको जन्म भारतको मुम्बईमा भएको हो ।
उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए ।रोहनको बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
प्रतिक्रिया दिनुहोस्