ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले नै कैदीबन्दीलाई दुव्र्यवहार गरेको आरोप


admin
चैत्र ६, २०७५ बुधबार  १२ : १० बजे

जुम्ला, ६ चैत । जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुव्र्यवहार हुने गरेको गुनासो गरेका छन् । कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुव्र्यवहार गरेको कैदीबन्दीको आरोप छ । 

मादक पदार्थ सेवन गरी दुव्र्यवहार गर्ने खड्काको सरुवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टिबाट तालाबन्दी गरी यही चैत ४ गतेदेखि हडताल शुरु गरेको जनाएका छन् । औषधोपचारजस्ता अत्यावश्यक सेवामा कारागार प्रशासनले लापरवाहीसमेत गर्ने गरेको उनीहरूको आरोप छ । 

कैदीबन्दीलाई दुव्र्यवहार गरिएको भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको जुम्ला कार्यालयका अधिकृत सुरबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले मदिरा सेवन गरे नगरेको स्वास्थ्य परीक्षण प्रतिवेदन मागेका छौँ ।” आयोगले पनि कारागारमा गएर स्थलगत अनुगमन गरेको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रकाश केसीले कैदीबन्दी र प्रहरीबीच एकापसमा केही विवाद भएको सुनिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘ङ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता २०० को छ । कारागारमा हाल ५९ कैैदी र २० जना थुनुवा गरी ७९ जना छन् । सशस्त्र द्वन्द्वका क्रममा २०५९ कात्तिक २८ गते तत्कालीन माओवादीले ध्वस्त पारेको जिल्ला कारागार शान्ति स्थापनापछि पुनःनिर्माण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com