ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिका बलात्कारको अभियुक्तलाई २५ वर्ष कैद


admin

रुकुम,६ चैत । तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो ।

साथै पीडितलाई क्षतिपूर्तिवापत रु एक लाख भराइदिने अदालतले जानकारी दिएको छ । आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई विसं २०७५ माघ २१ गते कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पहिले पनि जबर्जस्ती करणी उद्योगमा पाँच वर्ष सजाय भुक्तानी गरिसकेका मदनले त्यसको एक वर्ष नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कार गरेपछि पटके कसुरमा ६ वर्ष कैद सजाय थप गरिएको इजलास सहायक कुमार राणाले जानकारी दिनुभयो । 

पुर्पक्षका लागि रुकुम (पश्चिम) कारागारमा थुनामा रहेका मदनलाई १९ वर्ष र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिनुभयो । 

तीन महीनापछि खुल्यो मध्यपहाडी लोकमार्ग 

भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिवाङ सडकखण्ड पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसबाट अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा डोजरमार्फत हिउँ हटाएपछि सञ्चालनमा आएको हो । मध्यपहाडी लोकमार्ग खुलेसँगै यातायातका साधन सञ्चालनमा आएका छन् । 

मध्यपहाडी लोकमार्ग खुलेपछि जिल्लावासीलाई यात्रामा सहज भएको छ । मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि सर्वसाधारण खुशी भएका छन् । मध्यपहाडी लोकमार्ग भएर सदरमुकाम रुकुमकोट, भुमेको काँक्रीबाट जिल्लाको तकसेरा हुँदै बागलुङ, पोखरा, चितवन, काठमाडौँ पुग्न सजिलो भएको छ । 

सडक अवरुद्ध हुँदा रुकुम (पूर्व)का नागरिक काठमाडाँै पुग्न रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग र रोल्पा हुँदै शहीदमार्गको रुट प्रयोग गर्न बाध्य थिए । राजधानी पुग्न राप्ती लोकमार्ग र शहीदमार्गभन्दा मध्यपहाडी लोकमार्ग भएर जाँदा झण्डै २०० किलोमिटर दूरी कम पर्ने गर्दछ । मध्यपहाडी लोकमार्ग खुलेसँगै लामो रुट प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको सिस्ने गाउँपालिका–५ का सुदन बस्नेतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाको संयुक्त अभिनन्दन

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com