ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ सय मेगावाट विद्युत् थप हुँदै


admin

काठमाडौं,३ चैत । आगामी आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । 

हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

सोही लक्ष्यअनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९ मेगावाट विद्युत् मात्रै प्रणालीमा थप भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाअनुसार चालू आवमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए, २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । ती तीनवटै आयोजनाको परीक्षण उत्पादन हुनेक्रममा पुगेको छ । यसै महीनाको अन्त्यसम्ममा ती आयोजनाले परीक्षण उत्पादन शुरु गर्नेछ । 

यस्तै चालू आवको अन्त्यसम्म २० मेगावाट क्षमताको तल्लो मोदी, छ दशमलव चार मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, २५ मेगावाट क्षमताको काबेली बि एक पनि निर्माण सम्पन्न हुनेछ । 

यस्तै तीन दशमलव दुई मेगावाटको गेलुन खोला, आठ दशमलव आठ मेगावाटको रुदी ए, ५ मेगावाटको घलेम्दी खोला, तीन दशमलव तीन मेगावाटको कापडीगाड, २३ दशमलव पाँच मेगावाटको सोलु, सात मेगावाटको माथिल्लो खिम्ती दुई, पाँच मेगावाटकै घट्टे खोला, १० मेगावाटको इवा खोला, चार दशमलव पाँच मेगावाटको विजयपुर खोला, सात मेगावाटको माथिल्लो मार्दी र छ दशमलव छ मेगावाटको रुडी खोला चालू आवको अन्त्यसम्मा सम्पन्न हुने छन् । 

आव २०७६÷७७ मा खानी खोला एक ४० मेगावाट, दोर्दी खोला २७ मेगावाट, मिस्ट्री खोला ४२ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव आठ मेगावाट, रसुवागढी १११ मेगावाट, खानी खोला ३० मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो दोर्दी ए २५ मेगावाट, सिंगटी खोला १६ मेगावाट, अप्पर बलेफी ३६ मेगावाट गरी कूल २३ आयोजना सम्पन्न हुनेछन् । ती आयोजनाबाट ९८२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थप हुनेछ । 

सरकारको सहजीकरणका कारण निर्माणाधीन आयोजना धमाधम सम्पन्न हुनेक्रममा रहेको भन्दै मन्त्री पुनले आर्थिक वर्ष २०७७÷७८ सम्म थप ४५५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने जानकारी दिनुभयो । 

केही आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने क्रममा रहेको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण विद्युत् खेर जाने अवस्थासमेत आउने भएको छ । सोलु करिडोरमा निर्माणाधीन केही आयोजना सम्पन्न हुने चरणमा पुगेको भए पनि प्रसारण लाइन निर्माणमा तोकिएअनुसारको उपलब्धि हुन सकेको छैन । 

सो प्रसारण लाइनको कूल ३०३ टावरमध्ये हालसम्म १४३ वटा टावरको मात्रै जग तयार भएको छ । यस्तै २१ वटा टावरमा मात्रै तार तान्ने काम सम्पन्न भएको छ । यस्तै दोर्दी करिडोरमा निर्माणाधिन प्रसारण लाइनको अवस्था पनि उस्तै रहेको छ ।

विद्युत् उत्पादन हुने अवस्थामा आयोजना पुग्दासमेत प्रसारण लाइन निर्माणले गति लिन सकेको छैन । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल गरेको जानकारी दिँदै मन्त्री पुनले भन्नुभयो, “हामीले निरन्तर अनुगमन तथा समस्या समाधानका लागि पहल गरेका छाँै । केही आयोजनामा सकारात्मक सुधार पनि आइरहेको छ ।” 

अधिकांश प्रसारण लाइनको साझा समस्याका रुपमा वन क्षेत्रको जग्गा प्रयोग नै रहेको छ । डिभिजन वन कार्यालयले रुख कटानको अनुमति नदिँदा एक दर्जन बढी प्रसारण लाइनको काम समस्यामा परेको छ । 

मन्त्री पुनले मन्त्रालयको सकारात्मक पहलका कारण एक दर्जन बढी प्रसारण लाइन आयोजनाको सकारात्मक सुधार आएको र अरु आयोजनाकोसमेत समस्या समाधान हुने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com