ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने


admin
चैत्र २, २०७५ शनिबार  ४ : २३ बजे

विराटनगर, १ चैत ।  प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ । 

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पर्यटकको बसाइ छदेखि सात दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बुर्जुताल (१५३ बिघा क्षेत्रफल)–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । 

मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले पर्यटन क्षेत्र संवेदनशील व्यवसाय भएकाले तेस्रो मुलुक मात्र नभइ छिमेकी देशका नागरिकलाई अतिथिका रुपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रको स्तरोन्नति पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले रु १५ करोड बजेट निकासा गरेको जानकारी दिनुभयो । 

नाटाका प्रदेश अध्यक्ष भूपालराज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नाटाका प्रदेश महासचिव नवीन खरेल, प्रथम उपाध्यक्ष अच्युत गरागाईं, प्रदेश सचिव पुण्य भट्टराई, पर्यटन व्यवसायी रेवतबहादुर थापा, भविषकुमार श्रेष्ठ, पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल र गण्डकी प्रदेश उपाध्यक्ष सञ्जयकान्त सिग्देलले विराटनगर, धरान, काँकडभिट्टाबाट पोखरा पर्यटकीय बस सञ्चालन तथा पूर्वकोे पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com