ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको ‘एक टोल एक घण्टा’ अभियानमा ठुलोमात्रामा प्रहरी परिचालन


एबीसी न्यूज

चितवन ३० फागुन । चितवन प्रहरीले ‘एक टोल एक घण्टा’ अभियानलाई तिव्रता दिएको छ ।
अभियानको नेतृत्व इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले गरेका छन् ।
अभियानकै क्रममा प्रहरीले एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरीले यहि फागुन २३ गते देखि २९ गते सम्म सञ्चालन गरेको अभियानका क्रममा पूर्वी चितवनको कालिका,रत्ननगर,खैरहनी र राप्ती नगरपालिका विभिन्न क्षेत्रहरुमा प्रहरीहरु परिचालन गरिएको थियो ।

अप्रेसनमा प्रहरी नायव उपरीक्षक ज्ञवाली,इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेब साउद,इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्य, रत्ननगरका प्रहरी निरीक्षक उमेश अमात्य सहित दैनिक ६० जनाको प्रहरीहरु अप्रेसनमा खटिएका थिए ।
उक्त अभियानका क्रममा प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा स्थानियबासी र जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको थियो ।

प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गर्न सफल भएको दावी गरेको छ । अभियानकै क्रममा प्रहरीले विभिन्न स्थानबाट अबैध नदि जन्य पदार्थ ओसार पोसारमा संलग्न ११ वटा ट्रिपर र ट्याक्टरलाई कारबाही गरिएको छ ।

संकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पूर्वी चितवनबाट १३ जनालाई नियन्त्रणमा लिएको र राप्ती नगरपालिका ३ झुरझुरेका किरण गुरुङलाई घरेलु हातहतियार सहित पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक ज्ञवालीले बताए । प्रहरी अभियाकै क्रममा ३ सय वटा सवारी साधनका अगाडिको झल्लर र स्टीकर समेत हटाइएको छ । स्थानीयले प्रहरी यस अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

प्रहरीले जिल्लामा चलाएको थ्रि–एस अप्रेसन अन्तर्गत पूर्वी चितवन एक हप्ते अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com