काठमाडौं,२९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ब्रिफिङ गर्नु भएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवालाई जानकारी गराउनु भएको हो ।
दुवै नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएकोबारे ब्रिफिङ गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्