ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा व्यापक तस्करी मौलायो, तस्करीमा प्रहरीकै मिलेमतो


admin

वीरगन्ज, २६ फागुन । पर्सामा व्यापक रुपमा संस्थागत तस्करी सुरु भएको छ । पर्साको वीरगन्ज नाकाको आसपास लगायत ग्रामीण नाकाबाट पर्सा प्रहरीहरुकै मिलोमतोमा तस्करी फस्टाएको हो ।

पर्साका तत्कालिन एसपी रमेश खरेल वीरगन्जमा रहँदादेखि बन्द भएर करिव ८ बर्षसम्म बन्दकै अवस्थामा रहेकोे तस्करी यस जिल्लामा पुनः मौलाएको छ । तस्करीमा स्वयं प्रहरीकै संलग्नता भएको घटनाले त पर्सा प्रहरीको साख फेरि रमेश खरेल अघिकै अवस्थामा पुगेको छ । तर, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले भने आफु वीरगन्जमा आएको दिनदेखि नै जिल्लामा हुने तस्करीलाई कडाई गरेको दाबी गर्छन् ।

अवस्था भने एसपी ढकालको दाबी जस्तो छैन । आफ्नो अक्षमता ढाकछोप गर्न ढकालले तस्करी हुँदै नभएको भनेर दाबी गरे पनि अहिले पर्साको ग्रामीण भेग र वीरगन्ज आसपास रहेका नाकाबाट रजनीगन्धा, लत्ता कपडा, सटिङसुटिङको कपडा, हार्डवेयर, मोटरपार्टस, स्टिलको भाँडाकुँडाहरु लगायतका सामानहरुको व्यापक तस्करी भैरहेको छ । उदेक लाग्दोकुरा त यो छ कि पर्सा प्रहरीकै मान्छेहरु नै तस्करीलाई प्रोत्साहन गरिरहेका छन् ।

बारा र पर्साको ग्रामीण भेगबाट नेपाल प्रहरीकै मिलोमतोमा तस्करी बढ्दै गएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली समेत प्रभावित हुँदै गएको छ । नेपाल भारतको प्रमुख प्रवेशद्वारको रुपमा रहेको पर्सा जिल्लाका ग्रामीण भेगबाट पर्सा प्रहरीले ठूलो मात्रामा तस्करीको लाईन संचालन गर्न तस्करहरुलाई छुट दिएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको हो । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा भन्सार लक्ष्य असुली गर्न असफल भएको छ । भन्सार कार्यलयले चालु आर्थिक बर्षको श्रावणदेखि माघ मसान्त सम्मको ७ सात महिनामा ९५ प्वाईन्ट ४७ प्रतिशत मात्र भन्सार राजश्व असुली गर्न सफल भएको छ ।

छिमेकी मुलुक भारतको रक्सौलको रेलबाट दैनिक रुपमा ५ सय कपडाको गाठहरु सिक्टा, भिष्वा र ठोरी स्टेशनमा पुगेर अवैध रुपमा भन्सार छलेर प्रहरीको मिलोमतोमा नेपाल प्रवेश गरिरहेको छ ।
पर्साको ग्रामीण भेगका सिमानामा रहेको भिष्वा, जानकीटोला, अमरपटी, धोरे, सिकटा, झौवा लगायतका नाकाहरुबाट ठूलो मात्रामा तस्करी संचालन पर्सा प्रहरी र पर्साको विभिन्न प्रहरी युनिटहरुका प्रहरी प्रमुखहरुले तस्करी गर्न छुट दिएकाछन् ।

यसैगरी, बाराको मटिअर्वा, बलिरामपुर, कवही, सिम्रौनगढ, कचोर्वा लगायतका नाकाहरुबाट बारा प्रहरीको चौकी अगाडिबाट युनिटका प्रमुखहरुले मोटो रकम लिएर तस्करी गर्न छुट दिएका कारण वीरगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको श्रावणदेखि माघ महिनाको मसान्त सम्मको ७ महिनामा राजश्व असुलीमा गिरावट आएको हो ।

गत माघ माघ १३ गते, भारतबाट भन्सार छलेर ना २ त १६४८ नम्बरको धानको ट्याक्टरमा लुकाईछिपाई भिष्ण नाकाबाट नेपाल भित्र्याउँदै गरेको करिब ७१ लाख रुपैयाँ बराबर तस्करीको लत्ताकपडासहित एउटा ट्याक्टर वीरगन्ज–१७ स्थित अलौको तिलावे पुलबाट सशस्त्र प्रहरीको अलौ बेशले नियन्त्रणमा लिएको थियो । त्यसको करिब एक हप्ता नवित्दै पर्साको ठोरीबाट एउटा धान बोकेको लु १ ख ३३१० नम्बरको ट्रकमा लुकाई छिपाई चितवन लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठोरीले करिब २० लाख रुपैया मूल्य बराबरको सटिङसुटिङको कपडा र कुर्ता सरवाल नियन्त्रणमा लिएको थियो । पर्साको ग्रामीण भेगबाट पर्सा प्रहरीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भैरहेको यी तथ्यले प्रमाणित गर्दन् ।

यता सशस्त्र प्रहरी बलको भन्सार राजश्व गस्तीले दिनहु डेढ लाखदेखि अढाई लाखसम्म तस्करीका सामानहरु नियन्त्रणमा लिने गर्छ । नेपाल भारत सिमामा रहेको ईनरुवा प्रहरी चौकीले तस्करहरुसँग तस्करीको लाईनको रकम लिएर छाडेको भन्सार छलिएका तस्करकिा सामान समेत नियन्त्रण गर्न सफल भएको छ ।

उता, जिल्ला प्रहरी कार्यालय बाराले बाराको ग्रामीण भेग पिपरपातीबाट फागुन ८ गते वीआर ०५ एफ ५७५० र विआर ०५ ओ ११२५ नम्बरको भारतीय मोटरसाईकलमा भन्सार छलेर लाँदै गरेको अवस्थामा ३ लाख भन्दा बढी मुल्यको लत्ताकपडासहित २ जनालाई नियन्त्रणमा लिएको थियो ।
यस्तै, माघ २७ गते र फागुन १३ गते गरी बारा प्रहरीले भन्सार छलीको रजनीगन्धा र लत्ताकपडा गरी करीब २ लाख रुपैयाँ भन्दा बढीको तस्करी सामान नियन्त्रण गर्नुको साथै एकथान मोटरसाईकल र एक युवकलाई पक्राउ गरेको थियो ।

यी सबै तस्करीको लाइन पर्सा प्रहरीको मिलेमतो विना सञ्चालन हुन सक्दैन भन्ने प्रष्ट छ । पर्सा प्रहरीको मिलोमतोमा ग्रामीण भेगबाट ठूलो मात्रामा तस्करी सञ्चालनमा आउँदा आफ्ना व्यापार व्यवसाय प्रभावित भएको वीरगन्जका व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com