ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अशोक र एआरले जिते दर्शकको मन


admin
फाल्गुन २६, २०७५ आईतबार  १० : ४४ बजे
a

बाजुरा, २६ फागुन ।  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो । 

परिचयबाट मञ्च सम्हालेका उनीहरूले आमाभन्दा राम्री कोही छैनन्, संसारमै गीतबाट प्रस्तुति शुरु गरेका थिए । गाउँदा, नाच्दा र संवाद बोल्दा दर्शक मख्ख देखिन्थ्ये । मनविनाको धन ठूलो कि धनविनाको मन र आमाभन्दा राम्री कोही छैन् संसारमै बोलको गीत गाउँदा दर्शक शान्त बनेका थिए । 

लाग्थ्यो दर्शक गीतको सङ्गीतमा झुमेका मात्र थिएनन्, शब्दको गहिराइमा डुबेका थिए । सानै उमेरमा देखिएको प्रतिभा र भावयुक्त गीतमा केही दर्शकका आँखा नै रसाएका देखिन्थे । गीत गाउँदा बीचबीचमा टङ्क बुढाथोकीले पनि साथ दिएका थिए । प्रस्तुतिका लागि तीनै एकसाथ मञ्चमा देखिए पनि अशोक र एआरले नै दर्शकको मन जिते । 

अशोक र एआरको प्रस्तुति हेर्न तीन दिनदेखिको प्रतिक्षा पनि दर्शकले मेटाएका छन् । मनोरञ्जन र कला संस्कृतिको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । तीनै जनाले एकसाथ गाइरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए । 

कार्यक्रम फागुन २३ गतेबाट शुरु भई शनिबार सम्पन्न भएकोे छ । तेस्रो दिन अशोक, टङ्क र एआरसहित अमृता लामिछाने र मोडल दिव्यानी बोहराले पनि प्रस्तुति दिएका थिए । अशोक र एआरसँग फोटोे खिचाउनेको भीड थाम्न स्वयंसेवक र प्रहरीलाई हम्मेहम्मे परेको थियो । कार्यक्रममा चर्चित देउडा गायक प्रकाश थापा, प्रमोद डिजी, हर्क खडायत, रोशनी रोकायासहितका स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com