ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अशोक र एआरले जिते दर्शकको मन


admin

a

बाजुरा, २६ फागुन ।  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो । 

परिचयबाट मञ्च सम्हालेका उनीहरूले आमाभन्दा राम्री कोही छैनन्, संसारमै गीतबाट प्रस्तुति शुरु गरेका थिए । गाउँदा, नाच्दा र संवाद बोल्दा दर्शक मख्ख देखिन्थ्ये । मनविनाको धन ठूलो कि धनविनाको मन र आमाभन्दा राम्री कोही छैन् संसारमै बोलको गीत गाउँदा दर्शक शान्त बनेका थिए । 

लाग्थ्यो दर्शक गीतको सङ्गीतमा झुमेका मात्र थिएनन्, शब्दको गहिराइमा डुबेका थिए । सानै उमेरमा देखिएको प्रतिभा र भावयुक्त गीतमा केही दर्शकका आँखा नै रसाएका देखिन्थे । गीत गाउँदा बीचबीचमा टङ्क बुढाथोकीले पनि साथ दिएका थिए । प्रस्तुतिका लागि तीनै एकसाथ मञ्चमा देखिए पनि अशोक र एआरले नै दर्शकको मन जिते । 

अशोक र एआरको प्रस्तुति हेर्न तीन दिनदेखिको प्रतिक्षा पनि दर्शकले मेटाएका छन् । मनोरञ्जन र कला संस्कृतिको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । तीनै जनाले एकसाथ गाइरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए । 

कार्यक्रम फागुन २३ गतेबाट शुरु भई शनिबार सम्पन्न भएकोे छ । तेस्रो दिन अशोक, टङ्क र एआरसहित अमृता लामिछाने र मोडल दिव्यानी बोहराले पनि प्रस्तुति दिएका थिए । अशोक र एआरसँग फोटोे खिचाउनेको भीड थाम्न स्वयंसेवक र प्रहरीलाई हम्मेहम्मे परेको थियो । कार्यक्रममा चर्चित देउडा गायक प्रकाश थापा, प्रमोद डिजी, हर्क खडायत, रोशनी रोकायासहितका स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com